साईप्रसमा पहिलो पटक नेपाली चलचित्र प्रर्दशन हुने


साईप्रसमा पहिलो पटक नेपाली चलचित्र प्रर्दशन हुने

दिनेश गौतम 

युरोप भदौ  २८  - युरोपको साईप्रस देशमा नेपालमा सर्बाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र २ रुपैया पहिलो पटक प्रर्दशन हुने भएको छ ।

साईप्रसको लिमासोल जिल्लामा रहेको रियो सिने प्लाजाले आउदो असोज ८ गते अर्थात सेप्टेम्बर २४ तारिखका दिन प्रर्दशन गर्न लागेको हो । 

नेपाली  समुदायको पहिचान तथा सिनेमा जगतलाई पनि युरोयिन देशहरुमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागेको आयोजक सदस्य ओमी सुरीले बताएका छन ।

उनका अनुसार पहिलो पटक लिमासोल जिल्लामा आयोजना गरिएपनि अगामी दिनहरुमा साईप्रसको राजधानी निकोसिया , आयानापा, पारालिमी , फपोस लगाएतका ठाउहरुमा नेपाली चलचित्रहरु प्रर्दशन गरिने सुरीले बताए । लिमासोलमा फिल्म हेर्नका लागि नेपालीहरुका लागि आठ युरो टिकट रहेको छ । 

आसिम साहद्धारा निर्मित चलचित्र २ रुपैयाको कुटुमा कुटु भन्ने गितले अहिले नेपालीहरुका लागि पहलिो रोजाई रहेको र सबै भन्दा हिट गित भएको दाबी गरिएको छ ।

चलचित्रमा निश्चल बस्नेत , आसिम शाह , बुद्धि तमागं ,विशारत बस्नेतको लगाएतका कलाकारहरु मुख्य भुमिकामा रहेका छन । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top