चाडपर्वका बेला छोरो परदेशमा आमा घरदेशमा आँसु बगाउँदै ( भिडियो सहित )


चाडपर्वका बेला छोरो परदेशमा आमा घरदेशमा आँसु बगाउँदै  ( भिडियो सहित )

काठमाडौं – आफ्नो सन्तानको पिरमा रात दिन आँसु साथी बनाउने आमा–बाबु हुन् ।

डिग्री पढेर पनि राम्रो जागिर नपाएको गरिब र दुःखी छोराको वास्तविक कथामा समावेश लोक गीत ‘छोरो’को अडियो तथा म्युजिक भिडियो सार्वजनिक प्रालिमार्फत कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतलाई सर्जक तथा गायक बिरही कार्कीले शब्द तथा लय भरेका छन् ।

गीतको म्युजिक भिडियो तर्फ कुमार के.सी. को निर्देशनमा कालाकार तथा निर्देशक मोहन निरौला, बिद्या कार्की, लिला गिरी, मोहन सिंङ जिपी, विशाल कार्कील गायतको अभिनय रहेको छ ।

गीत ‘मेरै यादमा रुदीँ हौ आमा, सँधै आँसु बोकेर आँखामा’ जस्ता मार्मिक शब्दहरुले सजिएको छ । सन्तानलाई माया नगर्ने आमा र आमालाई माया नगर्ने सन्तान सायद विरलै होलान् ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top