नेपाल आइडल प्रतिस्पर्धी निशान भट्टराईको ठाउँ ठाउँमा भव्य स्वागत


नेपाल आइडल प्रतिस्पर्धी निशान भट्टराईको ठाउँ ठाउँमा भव्य स्वागत

तेजन खड्का 

उर्लाबारी भदौ २७ गते -  चर्चित रियालिटि सो नेपाल आइडलको फाइनल राउण्डमा पुगेका निशान भट्टराईको गृह नगर उर्लाबारीमा  भव्य स्वागत गरिएको छ । उनको स्वागतमा उर्लाबारीमा जनसागर नै उर्लिएको थियो । नेपाल आइडलको टप–३ मा पर्न सफल निशान आयोजक एपी वान टिभीको व्यवस्थापन मा गृह जिल्ला आएका हुन् । 
 
उनको स्वागतमा ठूलो संख्यामा उनका शुभचिन्तक तथा आफन्तसमेतहरु भेला भएका थिए ।  नेपालको शान निसान  भन्दै उर्लाबारीमा माहौल नै तातिएको थियो । उर्लाबारी चौकमा दर्शक दिर्घाहरु निसानको उपस्थितीमा निक्कै रमाएका थिए । युवा युवतीहरु निसानसँग सेल्फि खिचाउन ब्यस्त देखिए । प्रहरी प्रशासनलाई माहौल नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । निसानलाई अक्कमाल गर्न र फोटो खिच्न तछाड मछाड भएको थियो । जसको कारण माहौल नै अस्तब्यस्त बन्यो । 

उनले त्यहाँ उपस्थित शुभचिन्तकको आग्रहमा ‘छोरीभन्दा आमा तरुनी’,आफ्नै गाउँ फर्कि आए, दैव हे लगायतका आधादर्जन गीतहरु पस्किए । गृहनगर आएपछि निक्कै उत्साहित भएका निसानले अझै हौसला बढेको बताए । उनले आफु राम्रो प्रस्तुति दिन तल्लिन रहने बताउदैं धेरै भन्दा धेरै भोट गरेर नेपाल आइडल बनाउन आग्रह गरे ।  उनले आफुलाई यहाँ सम्म ल्याई पुरर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरे । 

कार्यक्रममा बोल्दै उर्लाबारीका मेयर खड्ग फागोलले निसानको लागि उपस्थित उर्लाबारीवाशीसँग भोट मागे । निसान उर्लाबारीको भएर भन्दा पनि  आइडल कै उत्कृष्ठ प्रतिभा भएकोले देशवाशी लाग्नुपर्ने उनको भनाई थियो । 

मंगलवार  मोरङ झरेका निशानले विराटनगर इटहरी,पथरी मा पनि भब्य स्वागत गरिएको थियो ।  झण्डै ५ महिना पछि गृह निवास आएका उनलाई बिहान ११ बजे विराटनगर विमानस्थलमा उत्रिएका निशानलाई विमानस्थलमा शुभेच्छुकहरु लिन गएका थिए । 

 गत हप्ताको अन्तिम–४ बाट छनौट हुँदै टप–३ मा पर्न सफल तीनैजना प्रतियोगीलाई आयोजक एपी वान टिभीले आ–आफ्नो गृह जिल्ला पठाएको हो । प्रतियोगीलाई परिवारसँग भेटघाट तथा प्रचारात्मक कार्यक्रमका लागि समय दिएको बताइएको छ । 
 
निशानबाहेक टप–३ मा परेका अन्य प्रतिस्पर्धी बुद्ध लामा र प्रताप दास पनि आ–आफ्नो गृह जिल्लातर्फ लागेका छन् ।


 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top