वीरगञ्ज महानगरका सात वडामा आज साँझ कांग्रेसको प्रचारसभा


वीरगञ्ज महानगरका सात वडामा आज साँझ कांग्रेसको प्रचारसभा

वीरगञ्ज (पर्सा) ,२७ भदौ - नेपाली काँग्रेस पर्सा र वीरगञ्ज महानगर समितिको आयोजनामा आज मंगलबार साँझ विरगञ्ज महानगरपालिकाका सात वटा वडाहरुमा प्रचार सभा आयोजनाहुने भएको छ ।

महानगरको वडा नम्बर ११, १२ र १३ को मुरलीचौकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को उपस्थितिमा साँझ ०६ः०० बजे विशेष चुनावी सभा आयोजना गरिएको छ ।

त्यस्तै वडा नम्बर ८ को पा नीट्यांकीमा साँझ ०६ः०० बजे आयोजनाहुने कार्यक्रममा नेताहरु ईश्वर भक्तश्रेष्ठ, प्रकाशउपाध्याय, रामनारायण कुर्मी, कन्हैया झा, दिलिप कार्की, रोशन लामिछाने, प्रेमशंकर सिँह लगायतको सहभागिता रहने नेपाली कांग्रेसको महानगर चुनावप्रचार समितिलेजनाएको छ । 

त्यस्तै वडा नम्बर १४ को ठूलो पिपरामा साँझ (७ :००) बजे हुने कार्यक्रममा नेताहरु श्यामपोखरेल, रामरुपकुर्मी, विरेन्द्र पटेल, रामनारायण कुर्मी, सहरुम राउत गदी लगायतका नेताहरुले सम्बोधनगर्ने कार्यक्रम छ । 

वीरगञ्ज महानगरको वडा नम्बर १६को नगवा स्थित माईदिया पोखरीमा साँझ ७ :०० बजे हुने कार्यक्रममा बैकुण्ठ श्रीवास्तव, श्याम पटेल, विजय कर्ण, प्रेम चन्द दुवे, शम्भु हजरा, दिना गुप्ता लगायतका नेताहरुको सहभागिता रहने महानगर चुनाव प्रचार समितिले जनाएको छ । 

त्यस्तै वडा नम्बर ४ को विर्ता गणेशमान चौकमा साँझ ७ः०० बजे हुने कार्यक्रममा नेताहरु विजय सर्राफ, विद्याश्रेष्ठ, राजकृष्ण अमात्य, प्रकाश उपाध्याय, डा. दिपकशाक्य, डा.सुष्मा तिवारी द्धिवेदी लगायतका नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top