महानगर प्रमुखका उम्मेदवार अजय द्विवेदीको घरदैलोमा केन्द्रिय नेता के.सी.


महानगर प्रमुखका उम्मेदवार अजय द्विवेदीको घरदैलोमा केन्द्रिय नेता के.सी.

वीरगञ्ज(पर्सा ), २७ भदौ - नेपाली काँग्रेसका तर्फबाट प्रदेश नं २ को एकमात्र महानगरपालिका घोषित वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा उम्मेद्वारी दिनु भएकायुवा नेता अजय द्विवेदीको पक्षमाजनमत जुटाउनका लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्यपूर्व मन्त्रीअर्जुन नरसिँह के.सी . वीरगञ्ज आइपुग्नु भएको छ । 

वीरगञ्ज आइपुग्नु भएका के.सी त्यस लगत्तै घरदैलो तथा चुनावी सभाहरुमा सहभागी भैरहनुु भएको छ ।

केन्द्रीय सदस्यकेसी सम्मिलित नेता तथा कार्यकर्ताहरुको टोलीले आज बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ को रानीघाट, श्रीपुर लगायतका टोलहरुमा घरदैलो सम्पन्न गरेको छ ।

घरदैलोमा वीरगञ्ज महानगरपालिकाका लागि नेपाली काँग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार अजय द्विवेदी, नगर उप-प्रमुखपदका उम्मेदवार शान्ति कार्की नेपाली काँग्रेसका नेता निदेश पन्त, मनोज साह, दिपेन्द्र चौहान, प्रकाश श्रेष्ठ, अर्विन्द गुप्ता, सुधीर पटेल महेश्वर लगायत नेपाली काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top