राजविराजमा कांग्रेसको आमसभा आरम्भ


राजविराजमा कांग्रेसको आमसभा आरम्भ

राजविराज (सप्तरी) २७ भदौ - नेपालीकांग्रेस जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा अहिले सदरमुकाम राजविराजमा नेपालीकांग्रेसको वृहत् आमसभा भैरहेको छ ।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनकालागि सो आमसभा आयोजना गरिएको हो ।

आमसभालाई नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांककोइराला, कोषाध्यक्ष सितादेवी यादव लगायतका केन्द्रीय सदस्य र जिल्ला सभापति र राजविराज नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नु भएका प्रमुख ध्रुवे देव र सुशीला कुमारी यादव लगायतले संबोधन गर्ने कार्यक्रम छ ।

आमसभा आरम्भ हुनु अगाडि सप्तरी सदरमुकाम राजविराज नगरकोे विभिन्न भागबाट र्याली निकालिएको थियो ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top