महोत्तरीमा कांग्रेसका दलित महिला सदस्य निर्विरोध


जलेश्वर ( महोत्तरी), २७ भदौ - महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिश्वा नगरपालिकाका वडानं। ८ मा दलितबाट उम्मेदवारी दिनुभएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।

मनरा सिस्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बाँनियाले मनरा सिस्वा नगरपालिकाको वडानं। ८ को दलित सदस्यमा एकजनाको मात्रै उम्मेदवारी परेको जानकारी दिनुभयो । निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिनुहुदै सबैजनालाई मतगणनापश्चात प्रमाणपत्र दिने बताउनुभयो ।

महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताउनुभयो । उहाँले अहिले को को निर्विरोध भयो भन्न नसकिने जानकारी दिनुभयो । 

नेपाली काँग्रेस मनरा सिस्वा नगरपालिकाका प्रमुखका उम्मेदवार किशोरकुमार प्रितम तथा वडानं। ८ का नेकाका उम्मेदवार अब्दुल सकुर अंसारीले नेकाका सदस्यले खाता खोलेकोमा मतदाताहरुलाई धन्यवाद दिनुभयो ।

सो वडामा १ हजार ७ सय ५९ मतदाता रहेका छन् ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top