वीरगञ्ज महानगरपालिकामा उम्मेद्वारलाई भ्याईनभ्याई, एकैसाँझमा ८ वडामा कार्यक्रम


वीरगञ्ज महानगरपालिकामा उम्मेद्वारलाई भ्याईनभ्याई, एकैसाँझमा ८ वडामा कार्यक्रम

वीरगञ्ज ( पर्सा), २६ भदौ -प्रदेश नं २ को एकमात्र महानगरपालिका तथा नेपालको वाणिज्य नगर समेटिएको वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरुलाई निर्वाचनको प्रचारप्रसारमा भ्याईनभ्याई भएको छ ।

महानगर निर्वाचन परिचालन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार सोमबार साँझ ६ देखि ८ बजेका बीचमा वडा नं १५, २५, १७, १९,२०, २४,२५, २४, २६, र २७ मा कोणसभा कार्यक्रम राखिएको छ ।

महानगरपालिकाका सबै वडाका टोलहरुमा नगरप्रमुख उप्रमुखको उपस्थितिको माग बढिरहेको र उम्मेद्वारहरु मौन अवधिको चापमा पर्न लागेको हुनाले एकैदिन धेरै वडामा कार्यक्रम सम्पन्न गर्नुपर्ने अवस्था आईपरेको हो ।

निर्वाचन परिचालन समितिले दिएको जानकारी अनुसार सोमबार साँझ ६ बजेदेखि वडा नं १५ को  लछुमनवार १७ को अलौंमा कोणसभा आयोजना हुनेछ ।
लछुमनवाको कोणसभाको जिम्मेवारी इश्वर भक्त श्रेष्ठ,प्रकाश उपाध्यय ,किरण सरकार,राम नारायण कुर्मी ,श्याम पटेल र सन्तोष सिंह लगायतका जिल्ला र नगर नेताहरुलाई दिइएको छ । त्यस्तै अलौको कोणसभाको जिम्मेवारी राजेन्द्र बहादुर अमात्य, शम्भु हजारा पासवान, राज कृष्ण अमात्य, मो. सत्ता र राम नारायण पटेललाई दिइएको छ ।

यस्तै साँझ ७ देखि वडा नं २५ को  सिर्सियार वडा नं २६ को सुगौलीमा कोणसभा हुनेछ । सिर्सियाको कोणसभालाई सांसद अनि लरुंगटा, ओम प्रकाश शर्मा, श्याम पोखरेल ,विजय शर्राफ, वीरेन्द्र पटेल र बैकुण्ठ श्रीवास्तवले व्यवस्थापन गर्ने जिम्मेवारी लिनुभएको छ भने सुगौलीको कोणसभालाई मो.सत्तार, राजेन्द्र बहादुर अमात्य , राम रुप कुर्मी, विजय कर्ण, बनेल राम ,प्रेम चन्द दूवे र रोशन लामिछानेले व्यवस्थापन गर्नुहुनेछ ।

यस्तै साँझ ८ बजे वडानं २० को हरपतगञ्ज र २४ को राम गढवामा कोणसभा हुनेभएको छ । हरपतगञ्जको कार्यक्रमलाई श्याम पोखरेल ,दीलिप कार्की, राकेश यादव, राधेश्याम चौरसियाले व्यवस्थापन गर्नुहुनेछ भने रामगढवाको कार्यक्रमलाई ओम प्रकाश शर्मा , राजनाथ ठाकुर राकेश सिंह,राम रुप कुर्मी, रिना गुप्ता, नरेन्द्र शाह र प्रेम चन्द दूवेले व्यवस्थापन गर्ने जिम्मा लिनु भएको छ ।

सोही समयमा वडा नं २७ को उदरपुरघुर्मीमा पनि कोणसभा राखिएको छ, सो सभालाई पुनेल राम, राकेश यादव र विजय कर्णले व्यवस्थापन गर्नुहुने नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले जानकारी दिएको छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top