इटहरीका ४०४ घर धुरीलाई मंगोलको राहत


इटहरीका ४०४ घर धुरीलाई मंगोलको राहत
इटहरी, भदौ २६ - मंगोल नेशनल अर्गनाइजेशन प्राकृतिक प्रकोप राहत संकलन सभाद्वारा इटहरीका विभिन्न ठाउँमा राहत बितरण गरेको छ । गत साउन सत्ताइस गतेको अविरल बर्षा संगै आएको बाढिले ठूलो धनजनको क्षति भएको इटहरीमा अर्गनाइजेशनको पहलमा इटहरी ४ गैरी गाउँ का १९० घर धुरी र वडा नं. १० अन्र्तगत शिवनारायन टोलका २१४ घरलाई गरी जम्मा ४०४ घरलाई राहत सामग्री बाढेको हो ।  
 
भौतिक रुपमा छत बिछत बनेको वडा नं. ४ को १९० घरलाई प्रतिघर १ थान वेल्चा, गैरी गाउँ टोल समितीलाई ५ थान गैति, ह्याक्सो बिलेट २ थान, झम्पल ४ थान, पिलास ५ थान, हाते आरी ३ थान र बाढिले बिगारेको जग्गालाई सम्याउन टोल समितिले उपलब्ध गराएको स्काभेटरलाई डिजेल १ सय लिटर तेल प्रदान गरेको छ ।
 
त्यस्तै वडा नं. १० अन्र्तगत शिवनारायन टोलका २१४ घर धुरीलाई प्रतिघर १ थान बेल्चा, टोल बिकास समितिलाई ५ थान गैति, २ थान ह्याक्सो बिलेट, ५ थान पिलास, ६ थान झम्पल, ३ थान हाते आरी, त्यस्तै डिजेल १ सय लिटर प्रदान गरेको छ ।
 
राहत बितरण कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश नं. १ का संयोजक शक्ति चाम्लिङ, केन्द्रिय सदस्य एवं प्रदेश नं. २ संयोजक दिलिप धिमाल, सुनसरी जिल्ला अध्यक्ष बल बहादुर दुमी, १ नं. प्रदेश कोषाध्यक्ष लोक तामाङ, सुनसरी मंगोल युवा संयोजक अमित याक्खा, सुनसरी जिल्ला सदस्य काजीराम राई, झापा प्रचार सचिव लासिमहाङ लिम्बु लगायत इटहरी न.पा. सभाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बाढिले आमा गुमाएकालाई सहयोग
 
अमित याक्खाले बाढिले आफ्ना आमा गुमाउनुहरुलाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् । आमा गुमाएका पिडित निसान धिमाल, अस्मिता तामाङ, बहिनी गुमाएका अमर शर्मालाई ३६ थान कापी, २४ थान पेन्सील, १२ थान बलपेन सहयोग गर्नु भएको छ । याख्खा मंगोल युवा सभा सुन्सरीका संयोजक रहेका छन् ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top