नेपाली विद्यार्थी तथा कामदारप्रति राज्य जिम्मेवार बन्नुपर्ने


  नेपाली विद्यार्थी तथा कामदारप्रति राज्य जिम्मेवार बन्नुपर्ने

दिनेश गौतम हरिजन

युरोप , साईप्रस  - गैरअवसिय नेपाली सघं साईप्रसको अधिवेशनमा सहभागि हुन आएका नेपाली राजदुतावास ईजरायलका प्रथम सचिव हरिहरकान्त पौडेललाई त्यहा विद्यार्थी भिषामा आएका युवा तथा घरेलु कामदारहरुले आफनो समास्याहरु सुनाएका थिए । साईप्रस देश  नामको मात्रै युरोप रहेको र यहा आउने हरेक नेपाली विद्यार्थीहरुको थुपै्र समास्या रहेकाले यसको समाधान गर्नका लागि दुतावासले खसै पहल नगरेकोले  साईप्रसमा विद्यार्थी भिषामा आएका विकास श्रेष्ठले अक्रोश पोखेका थिए ।

साथै साई्रप्रसमा आउने हरेका नेपाली विद्यार्थीहरुलाई नेपालमा रहेका कन्सलटेन्सिहरुले साईप्रस सेन्जन देशमा जादैछ राम्रो कमाई हुन्छ , यहाबाट अर्को देश सजिलै जान सकिन्छ जस्ता अनेकौ प्रलोभन देखाई सोझा साझा विद्यार्थीहरुलाई ठगि  गरिरहेकोले यो विषयमा नेपाली दुतावास तथा नेपाल सरकार जिम्मेवार बन्न विद्यार्थीहरुले आग्रह गरेका थिए ।

यस्तै साईप्रसमा आउने घरेलु कामदार मलिाहरुले पनि नेपालबाट चार देखि पाच लाख सम्म लगानी गरेर रोजगारीको लागि आएपनि यहा राम्रो तलब नभएको , घर मालिकहरुले  शारिरीक , मानसिक तनाव दिनुका साथै समयमा तलब नदिने , समयमा भिषा नलागार्य दिने जस्ता समास्या हरु ब्यप्त रहेकोले यसविषयमा पनि नेपाली राजदुतावास उचित पहल गर्नका लागि आग्रह गरेका थिए । 

जवाफमा दुतावासका सचिव पौडेलले घरेलुकामदारहरुको बारेमा दुतावासले सक्दो समास्या समाधानका लागि पहल गर्ने तर विद्यार्थीहरुको सवालमा नेपाल सरकार र शिक्षा मन्त्रालय जिम्मेवार रहेको बताएका थिए । नेपाल सरकारले साईप्रस देशमा रहेका नेपालीहरुको समास्या , पासपोर्ट आदिको काम ईजरायल राजदुतावासलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरि साईप्रसमा रहेको नेपाल कन्सुलेटका कन्सुलर डा. रामजिवान पन्जियारले आफु यहा आउने हरेक नेपालीहरुको समास्याका बारेमा सैयौ पटक नेपाल सरकार तथा राजदुतावासलाई जानकारी गराएपनि कुनै चासो नदिएको बताएका थिए । उहाले साईप्रसमा विद्यार्थीहरुको विजोग रहेकोले यस विषयमा राज्य तथा दुतावासले  विशेष पहल गरिदिन अग्रह गरेका थिए  ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top