ट्राग्स युथ ग्रुप अलखोर कतारद्धारा आयोजित फुटबल प्रतियोगिताको फाइनल सम्पन्न


ट्राग्स युथ ग्रुप अलखोर कतारद्धारा आयोजित फुटबल प्रतियोगिताको फाइनल सम्पन्न

तिलविक्रम थेवे
वरिष्ठ सम्बाददाता, दोहा कतार

अलखोर कतारस्थित ट्राग्स कम्पनीमा कार्यरत नेपाली युवाहरुको संस्था ट्राग्स युथ ग्रुपद्धारा आयोजित ३२ टिमले सहभागीता जनाएको खुला मैत्रीपुर्ण फुटबल नकआउट प्रतियोगिताको फाइनल खेल गत शुक्रबार अलखोरस्थित बरुवा स्पोटर्स कम्प्लेक्स खेल मैदानमा सम्पन्न भयो ।

फाइनलमा एक गोलले विजेता बनेका केवाईसी टिम र उपविजेता बनेका रेडको ब्वाइज टिमलाई फाइनल खेलको उदघाटन र समापन कार्यक्रमको प्रमुख अतिथी रहेका सन्ध्याग्रुप अलखोर र नेपाली प्रवासी तामाङ सेवा समाज कतारको प्रमुख सल्लाहकार थर्चा लामा,  तथा कार्यक्रमको सभापतित्व गरेका ट्राग्स युथ ग्रुपको अध्यक्ष प्रविण घिमिरेले कप र प्रमाणपत्र प्रदान गरेका थिए ।

विशेष अतिथी रहेका संन्ध्याग्रुप अलखोरका अध्यक्ष वीरेन्द्र के याक्थुङवाले पनि विजेता र उपविजेता टिपलाइृ कप तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
निकै भव्यताका साथ सम्पन्न भएको फाइनल खेलमा राष्ट्रिय लोक तथा दोहोरी गायिका देविका केसी गुरुङले खेलमैदानमा आफनो गीत प्रस्तु गर्दा गायिका देविकासंगै एक हजारभन्दा बढी दर्शकहरु खेल मैदानमै नाचेका थिए भने सन्ध्याग्रुप साँस्कृतिक फाँटका कलाकारहरु सन्जीव खाती र राज गुरुङले उत्कृष्ट नृत्य प्रस्तुत गरेर फाइनल खेलको समापन समारोहलाई अझ आकर्षक बनाएका थिए ।

आ-आफनो क्षेत्रबाट कतारस्थित नेपाली समुदायमा महत्वपुर्ण योगदान पुरयाउदै आएकोमा  नेपाली महिला समाज कतारका सस्थापक अध्यक्ष रेखा राई र चलचित्र निर्देशक सुरज तामाङलाई सोही अवसरमा ट्राग्स युथ ग्रुपले सम्मान गरेका थिए । सम्मानित राई र तामाङले समाजको लागि अझ केही गर्ने प्रेरण मिलेको बताउदै समाज सेवामा निरन्तर लाग्ने प्रतिवद्धता जनाए ।

ट्राग्स युथ ग्रुपका नगेन्द्र कुमार बिश्वकर्मा पर्तेलको कुशल संचालन र नेपालको पुर्व राष्ट्रिय कराँते खेलाडी रोसन तामाङको सवल ब्यबस्थापन रहेको फाइन ल खेलको उदघाटन, फाइनल खेल र समापन कार्यक्रममा एक हजारभन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो ।

फाइनल खेलको उदघाटन, फाइनल खेल र फाइनल खेलको समापन कार्यक्रममा विशेष अतिथीका रुपमा सन्ध्याग्रुप अलखोरका अध्यक्ष वीरेन्द्र के. याक्थुङवा , ट्राग्स युथ ग्रुपका प्रमुख सल्लाहकार सुर्य गुरुङ, राष्ट्रिय लोक तथा दोहारी गायिका देविका केसी गुरुङ, नेपाली महिला समाज कतारका सस्थापक अध्यक्ष रेखा राई, संघिय लिम्बुवान सामाजिक मंच, कतार महिला बिभाग संयोजक प्रमिला बस्नेत, नेपाली प्रवासी तामाङ समाज कतारका महिला बिभाग प्रमुख संगीता तामाङ, सुनुवार सेवा समाज कतारका अध्यक्ष सामुयल सुनुवार, महिला प्रतिनिधी आरोही कर्मोचा, संघिय लिम्बुवान सामाजिक मंच कतारका महासचिब डम्बर लिबाङ, चलचित्र निर्देशक तथा मुग्लानीखवर डटकमका प्रतिनिधी सुरज तामाङ, व्यवसायी प्रकाश गुरुङ, व्यवसायी राज देवकोटा र श्रीमती अन्जली देवकोटा, सन्ध्याग्रुप सांस्कृतिक विभागका चलचित्र कलाकार गुराँस ग्लेन, रासलाफानबाट प्रतिनिधित्व गरेका सामाजिक स्वयम्सेवक कमला श्रेष्ठ, कतार एयरवेजका परिचारिका पवित्रा खडका र सुनिता भण्डारी, चियावारी राष्ट्रिय दैनिक तथा माईपोखरीन्युज डटकमका मध्यपुर्व वरिष्ठ सम्बाददाता तिलबिक्रम थेबे लगायत रहेका थिए ।

मुग्लानी खबर डटकमले प्रत्यक्ष प्रशारण गरेको उदघाटन, फाइनल खेल र समापन कार्यक्रमका प्रमुख अतिथी थर्चा लामाले यसअघि द्धिपप्रज्वलन गरेर फाइनल प्रतियोगिताको औपचारिक उदघाटन गरेका थिए । प्रमुख अतिथी लामा, विशेष अतिथी याक्थुङवा, पत्रकार तिलबिक्रम थेबे,  ट्राग्स युथ ग्रुपद्धारा सम्मानित नेपाली महिला समाज कतारका संस्थापक अध्यक्ष रेखा राई र चलचित्र निर्देशक सुरज तामाङ लगायतले समापन मन्तव्य राखेका थिए ।

शुरुको खेल र फाइनल खेल समेत रेफ्री जेरी राईले खेलाएका थिए भने ट्राग्स युथ ग्रुपका सम्पुर्ण पदाधिकारीहरु लगायत राजु खड्का, सुमन गुरुङ्, बुद्धी गुरुङ, सुरज श्रेष्ठ अम्पायर र टेकमान गुरुङ, टेक बहादुर लामा, होम श्रेष्ठ, हर्क बस्नेत, अन्जान मगर, बुद्धी राई, मिनबहादुर परियार, अमर थापा र पूर्ण मगरको  महत्वपुर्ण र सक्रिय योगदानले ३२ टिम सहभागी भएको फुटबल प्रतियोगिता सफलताका साथ सम्पन्न हुन सकेको आयोजक सस्था ट्राग्स युथ ग्रुपले जनाएको छ ।


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top