एचडीएनपी इन्टरनेसनलले टेक्ससमा घरबार बिहिनलाई खाना खुवायो


एचडीएनपी इन्टरनेसनलले टेक्ससमा घरबार बिहिनलाई खाना खुवायो
विजय थापा,वाशिंगटन डिसी
 
सेप्टेम्बर ९ - हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिव तथा घरबार बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खुवाउदै आएको खाना आज खुवाएको छ ।
 
एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले आज ४ सय ५० भन्दा ज्यादा लाई खाना खुवाईएको र यो समेत २२ औ पटक घरबार बिहिन ,दुखि ,असहायहरुलाई खाना खुवाएको बताए ।  आचार्यले अर्को पटक थाङ्क्स गिभिंग का दिन पुन खुवाउने योजना रहेको रहेको जानकारी दिएका छन् । 
 
स्थापनाकालदेखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको र यस्ता कार्यकममा अर्थको अभाव पनि हुने हुनाले सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको उनले बताए  ।
 
खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको ।
 
हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ  ।हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय ( एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top