नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालेप्रदेश नं २ काचुनावी सभालाई सम्बोधन गर्नुहुने


नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालेप्रदेश नं २ काचुनावी सभालाई सम्बोधन गर्नुहुने

ललितपुर, २५ भदौ - नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयतहको निर्वाचनको तेस्रो चरण अन्तरगत असोज २ गते निर्वाचन हुने आठवटै जिल्लाका चुनावी सभाहरुलाई सम्बोधन गर्नुहुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा भदौ २७गते २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ ।

कार्यक्रम अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधनगर्नुहुनेछ । सप्तरीको संबोधन एवम् पार्टी कार्यकर्तासंगको भेटघाट पछि उहाँसिरहा प्रस्थानगर्ने कार्यक्रम छ । उहाँले सोहीदिन सिरहाको जिरोमाइलमा आयोजना हुने चुनावी प्रचार सभा लाई अपरान्ह ४ बजे सम्बोधन गर्नुहुनेछ । सिरहाको संबोधन र पार्टी कार्यकर्ताको भेटघाटपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा जनकपुर प्रस्थान गर्नुहुनेछ । भदौ २७ गते राती पार्टी सभापतिएवम् प्रधानमन्त्री देउवाको मुकाम जनकपुरमा नै रहनेछ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले भदौ २८ गते बिहान रामजानकी मन्दीरको दर्शन गर्नुको साथै कार्यकर्ताहरुसंग भेट गर्नुहुनेछ । उहाँले दिउसो १ बजे जनकपुरधाममा आयोजनाहुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।

जनकपुरको संबोधन पछि कांग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा सोहीदिन अपरान्ह महोत्तरीको बर्दिवास प्रस्थान गर्नु हुनेछ । उहाँले त्यहा आयोजनाहुने चुनावी सभालाई संबोधन गर्नुहुनेछ । २८ गते प्रधानमन्त्रीको रात्री मुकाम निर्धारित भैसकेको छैन । उहाँको मुकाम महोत्तरीको बर्दिबास वा सर्लाहीवा रौटहतको गौर वाचन्द्र निगाहपुर कहिं पनिहु नसक्ने संभावना  छ ।

भदौ २९ गते पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधनगर्ने कार्यक्रम रहेको छ । उहाँले सर्लाहीको मलंगवामा दिउँसो  १ बजे हुने आमसभालाई संबोधन गर्नुहुनेछ र अपरान्ह ४ बजे रौतहटको गौरमा हुने आमसभालाई संबोधन गर्नुहुनेछ । रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा वीरगञ्ज प्रस्थान गर्नुहुने कार्यक्रम छ ।

भदौ ३० गते बिहान प्रधानमन्त्रीले पर्साका कार्यकर्ताहरुसंग भेटघाट गर्नुहुनेछ । उहाँले दिउसो १ बजे बाराको कलैयामा आयोजनाहुने चुनावी सभालाई संबोधन गर्नुहुनेछ ।

कलैयाको संबोधन पछि प्रधामन्त्री देउवाले सोही दिन पर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री देउवा सोहीदिन काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top