ॐ हेल्थ क्याम्पसलाई अझ उत्कृष्ट बनाइने कार्यकारी अध्यक्ष मल्लको भनाइ : सरोकारवालाहरुबाट मल्लको सफल कार्यकालको कामना


ॐ हेल्थ क्याम्पसलाई अझ उत्कृष्ट बनाइने कार्यकारी अध्यक्ष मल्लको भनाइ : सरोकारवालाहरुबाट मल्लको सफल कार्यकालको कामना

ॐ हेल्थ क्याम्पसका नवनियुक्त कार्यकारी अध्यक्ष विजय मल्लले व्यवस्थापन तथा कर्मचारीहरुको सहकार्यमा ॐ हेल्थ क्याम्पसलाई अझ उत्कृष्ट बनाउन सक्दो पहल गर्ने बताउनु भएको छ ।

मल्लको स्वागतार्थ ॐ हेल्थ क्याम्पसमा आइतबार आयोजित कार्यक्रममा उहाँले दीर्घकालीन सोच सहित ॐ हेल्थ क्याम्पसलाई मुलुककै उत्कृष्ट शैक्षिक केन्द्र बनाउन व्यवस्थापन तथा कर्मचारीहरुको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अन्य वक्ताहरुले मल्लको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा ॐ हेल्थ क्याम्पस अझ गुणस्तरीय हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्की, ॐ हेल्थ क्याम्पसका निर्देशक सूर्यकुमारी श्रेष्ठ, प्रिन्सिपल नर्वदा खनाल, ॐ हेल्थ क्याम्पस कर्मचारी यूनियनका अध्यक्ष मीना बाँनिया, ॐ हस्पिटल कर्मचारी यूनियका अध्यक्ष केशवप्रसाद चौलागाई, ॐ हेल्थ क्याम्पस कर्मचारी यूनियनका सचिव धिरज बराल, निजी अस्पतालका स्वतन्त्र यूनियनहरुको छाता संगठन (यूनिफिन) का अध्यक्ष पृथ्वी थपलिया लगायतका वक्ताहरुले मल्ललाई सफल कार्यकालका लागि शुभकामना दिनु भएको थियो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top