"त्यसपछि फुलेन गोदावरी " भब्य समारोह बिच अमेरिकामा विमोचन


बिकास थापा 
हेरिस्बर्ग ,अमेरिका 

सबै माझ चिरपरिचित लोकप्रिय कवि ,उपन्यासकार,समालोचक,कथाकार,नाटककार ,अनुवादक तथा त्रिभुवन बिश्वबिध्यालयका प्राध्यापक महेश पौड्यालको कथा संग्रह "त्यसपछि फुलेन गोदावरी " अमेरिकामा नास र एन्मा को सम्मेलनमा अमेरिकाको सारटोलमा भएको एक भव्य समारोह बिच सेम्टेम्बर तीन तारिखको दिनमा अमेरिकाको लागी नेपाली राजदूत डा। अर्जुन कार्किको उपस्थितिमा बरिष्ठ साहित्यकार कृष्ण धारवासि,कवियत्रि तथा आख्यानकार नीलम कार्की निहारिका,आईएनएलएसका प्रेसिडेन्ट पदम बिश्वक्रर्मा तथा मनोज प्रधानको हातबाट विमोचन गरिएको थियो । उक्त कार्यक्रममा कविता प्रतियोगिता हुनको साथै आख्यानकार नीलम कार्की निहारिकालाई सम्मान पनि गरिएको थियो । 

नेपालमा मिति २०७४ साल भाद्र १६ गते काठमाडौ प्रज्ञाप्रतिष्ठानमा विमोचन गरिएको उक्त कथा संग्रह अमेरिका लगायत अन्य देशहरूबाट पनि विमोचन गर्ने कार्यक्रम रहेको छ। समालोचनमा निक्कै अगाडि आएका पौड्याल कथा बिधामा पनि निक्कै अब्बल कथा लेख्ने कथाकार मानिनु हुन्छ । उहाँका यसअघि  "अनामिक यात्री " र "सपनाको पुल " प्रकाशित भईसकेका कथाकृतिहरू हुन् । त्यस्तै उपन्यासमा "तादी किनारको गीत " । नाटकमा "आमा नहुँदाको एक साँझ " र दुई सय भन्दा बढि किताबहरूको समिक्षा पनि उहाँले लेखी सक्नु भएको छ । फुटकर रुपमा पाँच दर्जन भन्दा बढी समालोचना र पन्ध्र सय भन्दा बढी नेपाली कविताहरू अंग्रेजीमा उहाँले अनुवाद गरिसक्नु भएको छ । राष्ट्रिय दैनिकहरूमा उहाँका बिचारपूर्ण लेखहरू पनि समय समयमा प्रकाशित भईराखेका हुन्छन् । 

मनीपुर भारतबाट स्नातकमा स्वर्ण पदक ,त्रिभुवन बिश्वबिध्यालयबाट स्नाकोतरमा स्वर्ण पदक,एमफिलमा बिशिष्ट श्रेणी हासिल गर्नु भएका त्रि.बि .का प्राध्यापक महेश पौड्याल नेपाल बिध्या भूषण,गोबिन्द गोठाले पुरस्कार बाट पनि सम्मानित ब्याक्तित्व हुनुहुन्छ । "त्यसपछि फुलेन गोदावरी " उहाँको तेस्रो कथा संग्रह हो । यस कथा संग्रह भित्र नर्सरी ,निदाल,कर्णालीको पल्लो किनार,अदालतबाहिर,उनी योगमाया भइन् , हुलाकी,ताल्चा ,भुवन,पानीमुनिको जून ,पर्खाल ,परेवाहरू ,लौरो,काकी,चोट,रश्मि,कौब्रु,क्रान्तिवीर,जस्ता उत्कृष्ट कथाहरू समावेश गरिएका छन् । कथाहरू वी । पी कोइराला र भवानी भिक्षुकै प्रसिद्ध कथाहरू स्तरका छन् । अहिले नेपाली साहित्यमा कमजोर बन्दै कथा बिधामा उहाँको उपस्थितिले फेरि पनि नेपाली साहित्यमा कथा बिधामा उठ्न थालेको अनुभव गर्न थालिएको छ । 

कथाहरू बिध्यालय ,बिश्वबिध्यालयका पाठ्यक्रममा राख्न मिल्ने स्तरिय र सन्देश मुलक छन् । उहाँले यस कथा संग्रहमा संग्रहित कथाहरूको माध्यम बाट एक सामाजिक दृष्टि स्थापित गर्न खोज्नु भएको छ । लेख्नु मात्र पनि ठूलो कुरा होइन कथा भित्र जीवन कति लेखियो,यथार्थ कति पोखियो यसले अर्थ ठूलो अर्थ राख्छ। यो कथा संग्रह अव नेपाली साहित्यले यो दशकमा पाएको एक उत्कृष्ट उपहार अबश्य बन्ने छ ।  कथालाई साधारण र गाउँले परिवेश बाट जुरुक्क उठाएर समाजको मनोवैज्ञानिक चेत प्रत्येक कथा भित्र उहाँले भर्न सक्नु उहाँको ठूलो सफलता हो । यस भित्रका कथा कोरा कथा जस्ता मात्र छैनन् मानिसका यथार्थ जीवनी  जस्ता छन् । त्यसैले गर्दा पनि यो कथा संग्रहले पाठकहरू बिच ठूलो छाप छोड्न समेत सफल भएको छ । तसर्थ पनि प्रत्येक नेपालिले यो कथा संग्रह पढ्न जरुरी छ ।  

(समाचार स्रोत : नीलम कार्की निहारिका )

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top