एनआरएनए अमेरिकाकीे चुनावः रबिनालाई जिताउने माहोल बन्दै


एनआरएनए अमेरिकाकीे चुनावः रबिनालाई जिताउने माहोल बन्दै

अहिले एनआरएन अमेरिकामा चुनावी माहोल तासिरहेको छ । अध्यक्ष पद्का बलिया उम्मेद्वारमध्येकी एक महिला उम्मेद्वार रबिना थापा पनि कडा चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ । विगत १५ वर्षदेखि विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्यमा अग्रसर रहनु भएकी उहाँको अध्यक्ष पद्को उम्मेद्वारीले सम्पूर्ण अमेरिका बासी नेपाली समाजलाई उत्साहित बनाएको छ । थापा हाल एनआरएनए अमेरिकाको उपाध्यक्ष हुनुहुन्छ ।

नयाँ सोच र नविन विचारका साथ अघि बढ्नु भएकी उहाँमा एनसीसी र आईसीसीमा समेत समन्वय गर्ने क्षमता भएको अमेरिकास्थित नेपालीहरूले बताउनु भएको छ । सामाजिक अभियान्ताका रुपमा परिचित थापा समाज सेवामा स्थापित युवा व्यक्तित्व हुनुहुन्छ । उहाँले जनसम्पर्क समिति अमेरिकाका अधिकांश च्याप्टरहरूमा समेत समन्वय गरिसक्नु भएको छ । यी सामाजिक संस्थाबीच समन्वय र सद्भाव राख्न पनि उहाँको उम्मेद्वारी आवश्यक रहेको सर्वत्र महशुस गरिएको छ ।

अन्योलता र विवाद्मा फसेको एनआएएन अमेरिकालाई बलियो संस्थाको रुपमा स्थापित गर्न थापाको उम्मेद्वारी अत्यन्त आवश्यक भएको राजनीतिज्ञदेखि बौद्धिक एवम् युवा वर्गले समेत गर्न थालेको छ । अमेरिका स्थित नेपाली बौद्धिक वर्गका साथै अमेरिकाको एकमात्र अनुशासित र एक्यवद्धता भएको संगठन प्रवासी नेपाली मञ्च, एकतासमाजलगायतका युवा पिढीलगायत सम्पूर्ण शक्तिहरू रबिना थापालाई जिताउने अभियानमा लागेका छन् ।

उहाँ एक सफल व्यवसायिका साथै कुशल नेतृत्व भएकी सामाजिक अभियान्ता हुनुहुन्छ ।  उहाँको उम्मेद्वारीलाई सार्थक बनाउन वा विजय गराउन सम्पूर्ण जात, धर्म वर्ण र भौगोलिक क्षेत्रका मतदाताहरूले एक्यवद्धता प्रकट गर्नु भएको छ । उहाँ विभिन्न संघ संस्थामा नेतृत्व सम्हालेकी सफल चर्चित नारी पात्रको रुपमा स्थापित भइसक्नु भएकी छ ।  अमेरिकाको विभिन्न राज्यमा बस्ने सम्पूर्ण नेपाली, राजनीतिक पार्टी तथा स्थानीय संघ संस्थाहरूले समेत उहाँको उम्मेदवारीलाई अत्यन्तै गौरवका साथ लिएर स्वागत गरेका छन् ।

अमेरिकाभरि छरिएर रहेका कर्मठ र शाहासी नेपालीलाई समेट्दै संस्थालाई बलियो साझा चौतारी बनाउने अठोटका आफूले उम्मेद्वारी दिएको थापाले बताउँदै आउनु भएको छ । र उहाँमा त्यो गुण र क्षमता पनि छ । एनआरएन अमेरिकामा नवीन सोच र प्रविधिमैत्री नयाँ पुस्ताको खाँचो छ । सीप विकास, खेलकुद, मनोरञ्जन, धर्म र संस्कृतिको संरक्षण एवम् संरक्षणमा विशेष चासो राख्ने उहाँ यदि एनआरएनएको अध्यक्षमा निर्वाचित हुुनुभयो भने संस्थाको दीगो र प्रभावकारी विकासका लागि महत्वपूर्ण योजना मिल्ने विश्वार अमेरिका स्थित नेपालीहरू गरिएको छ ।

नेपाली जहाँ रहेपनि ऊ जहिले पनि नेपाली भावनाले ओतपोत हुने र उसको भावननत्मक सम्बन्ध गाँसिएको हुने हुँदा उहाँ जस्तो व्यक्तित्वको हातमा एनआरएनए अमेरिकाको नेतृत्व गएमा नेपाली धर्म, संस्कृति तथा संस्कारको पनि जगेर्ना गर्न सहज हुने औल्याइएको छ । उहाँले गरेका विगतका कार्यले नै चुनाव जिताउन माहोल तातिरहेको छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top