खेलकूदमन्त्री के.सी.लाई लोकतान्त्रिक खेलकूद संघको सम्मान


खेलकूदमन्त्री के.सी.लाई लोकतान्त्रिक खेलकूद संघको सम्मान

काठमाडौं, १८ भदौ - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाललोकतान्त्रिक खेलकुद संघले आइतबार युवातथाखेलकुदमन्त्री राजेन्द्रकुमार केसी राजनलाई सम्मान गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उहाँलाई खेलकूद जस्तो राष्ट्रको प्रतिष्ठा र युवाहरुको भविष्यसंग जोडिएको मन्त्रालयको नेतृत्व सम्हाल्नआउनुभएकोमा संघले मन्त्री केसीलाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको थियो । 

कार्यक्रममामन्त्री केसीले खेलकूद क्षेत्रमाविगतमा देखिएका आर्थिक र प्रशासनिक अनियमितता, भष्ट्राचार, ढिलासुस्तीहटाएर यसलाई खेलकूदको विश्वव्यापी मान्यता अनुरुप सुशासनयुक्त, अनुशासित र मर्यादितबनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले खेलकूदको क्षेत्रमा गरिने सकारात्मक सुधार र विकासमा लोकतान्त्रिक खेलकूद संघ लगायतका संस्थाहरुको साथ चाहिएको बताउनुभयो । 

उहाँले खेलकूदको क्षेत्रमा लोकतन्त्रवादी खेलाडीहरु संगठित भएर अगाडि बढ्नु पर्ने खाँचो औल्याउदै लोकतान्त्रीक खेलकुद संघलाई विस्तार गरी पार्टीको भातृ संगठनको रुपमा विकसित गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले लोकतन्त्रवादी खेलाडी र खेलप्रेमीहरुले आपसी मतभेद विर्सेर खेलमा जस्तै स्वस्थ प्रतिस्पर्धाको भावना सहित अगाडि बढ्नुपर्ने बताउनु भयो ।

सोही अवसरमा संघको केन्द्रिय समितिका सदस्य काठमाण्डौ वडा–११ नवनिर्वाचित सदस्य सरोजकुमार मुल्मी, राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघमा विजयी हुनुभएका रञ्जन थापा लगायतलाई पनि सम्मान गरिएको थियो । 

संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको सभापतित्वमा गरिएको बधाई तथा सम्मान कार्यक्रममाराष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ उपाध्यक्ष किशोर राई सहित पदाधिकारीहरु,लोकतान्त्रिक खेलकुदमा आवद्ध खेलाडी र खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।  

पार्टी कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा केन्द्रिय समितिका संघको विधान परिमार्जनगर्ने, संगठनलाई चुस्त राख्ने, प्रदेश नम्बर दुईमा हुन लागिरहेको स्थानियतहको चुनावमा संघलाई संगठित गरी  परिचालन गर्ने निर्णय गरिएको केन्द्रिय सदस्य तथा प्रचार प्रसार संयोजक दामोदर अर्यालले बताउनुभयो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top