प्रितीसागर, सुरज र तृष्णा पनि रबिना थापा टिम समर्थनमा


प्रितीसागर, सुरज र तृष्णा पनि रबिना थापा टिम समर्थनमा

कृष्ण के सी/१ सेप्टेम्बर, २०१७
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६, २०१७ मा हुने भएको छ। यसै बीच रबिना थापाको समर्थन गर्दै अगाडि जाने उम्मेदवारहरुको लहर नै लागेको छ। गय राती तेम्बा नुर्बु लामा बरिष्ठ उपाध्यक्षका उम्मेदवार, भुवन आचार्य उपाध्यक्षका उम्मेदवार, सुशील क्षेत्री र सुवर्ण पोख्रेल बोर्ड सदस्यक उम्मेदवारको समर्थन र साथ रबिना थापा टिममा रहन गयो।

बिहान संजय थापासंग भएको कुरा र प्रभु थापा (अध्यकक्ष प्रवासी मंच) संगको कुराकानीमा प्रवासी मंचको समर्थन रबिना थापालाइ रहने र एउटा टिम बनाएर जाने स्पष्ट कुरा रहन गयो। यो दुवै समर्थनसंग थर्केका अन्य पक्षहरु अतालिएर नानाथरि फोटोहरु निकाल्न थाले जसको खण्डन दुइ मिनेट नपुग्दै भयो। रबिना थापाको नयाँ समर्थकमा बोर्ड सदस्यका उम्मेदवारहरु प्रितीसागर खत्री, तृष्णा शर्मा, सुरज घिमिरे र संजय थापा समेत हुनुहुन्छ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top