तेम्बा नुर्बु लामा, भुवन आचार्य, शुशिल क्षेत्री र सुर्बण पोख्रेलले रबिना थापालाई समर्थन गर्ने


तेम्बा नुर्बु लामा, भुवन आचार्य, शुशिल क्षेत्री र सुर्बण पोख्रेलले रबिना थापालाई समर्थन गर्ने

कृष्ण के सी/अगष्ट ३१, २०१७
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आगामी हप्ता अर्थात सेप्टेम्बर ५ र ६, २०१७ मा हुने भएको छ। निर्वाचनको अन्तिममा आउँदा आपसी समर्थन लिने, दिने तथा ध्रुवीकरण तिब्र गतिमा चलेको छ। प्रतिमिनेट जसो फरक-फरक रुपमा भएको बैठकले नयाँ मोडमा पुर्याएको छ।

यसै बीच बरिष्ठ उपाध्क्षका उम्मेदवार तेम्बा नुर्बु शेर्पा, उपाध्यक्षका उम्मेदवार भुवन आचार्य, सदस्यका उम्मेदवारहरु शुशिल क्षेत्री र सुवर्ण पोख्रेलले अध्यक्ष उम्मेदवार रबिना थापालाई समर्थन गर्ने कुरा जनाउनु भएको छ। बिजयको उन्मुखमा पुग्नु भएकी रबिना थापाको टिम यो समर्थनसंगै झन् सशक्त भएको छ।

 

 
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top