रबिना थापा समुह अव सुनिश्चित जितको नजिक


रबिना थापा समुह अव सुनिश्चित जितको नजिक

बिकास थापा

हेरिसर्बग ,अमेरिका

रबिना थापा गैर आवासिय नेपाली अभियानमा आधा आकास ढाकेका नारीहरूको प्रतिनिधि पात्रा मात्र होइन् नारीहरू पनि नेतृत्व लिन तयार ,सफल र सक्षम छन् भन्ने नजिरको प्रर्यावाचि बन्नु भएको छ आज संसार भरी । आज उनी संसारभर एउटा इतिहास लेखाउन र एनआरएनको इतिहासमा एक ईट्टा थप्न एक पाइला अगाडी पुगिसक्नु भएको छ । एनआरएन अमेरिकामा सबै जातजाति ,धर्म ,बर्णका मानिसहरूको समानतमुलक प्रतिनिधित्व होस् र सबैले हाम्रो साझा संस्था भनेर गर्व गर्न लायक संस्था बनाउन उहाँ तन ,मनका साथ लगातार लागिपरिराख्नु भएको छ । तसर्थ यो महाअभियानमा सम्पूर्ण अमेरिकावासी नेपालीहरू कुनै पनि दायित्व बाट बिमुख बन्नु हुँदैन । यसको लागी अमेरिकामा बसोबास गर्नु हुने सबैको साथ ,सहयोग र सल्लाहको आबश्यकता  छ ।  एउटा नेतृत्व तहमा काम गर्ने ब्याक्ति सँग सबैका कुराहरू सुन्न सक्ने क्षमता हुनु पर्छ । सबैका बिचारहरूलाई सम्मान गर्न सक्नु पर्छ । रचनात्मक आलोचनाहरूले नै हो सँधै मानिसलाई मार्गदर्शन गर्ने ।  आफ्नो कार्यशैली प्रति गरेका आलोचनाहरूलाई सुन्नै नसक्ने मानिस कहिल्यै सफल नेतृत्व बन्दैन । उ त एकदिन तानाशाह बन्छ । संसारमा यस्ता उदारणहरू धेरै छन् । एकल नेतृत्व ,एकल बिचार ,आफुमात्र ठिक छु भन्नेहरू नेतृत्वमा आए पनि सफल बन्दैनन् । राम्रो बस्तु खराब मान्छेको हातमा पर्यो भने उसले जानेको बिगार्ने मात्र हो उसले यो संस्थालाई एक दिन बिगारेरै छोड्छ एनआरएन अमेरिकामा पनि यस भन्दा अघि त्यही भयो । यसअघिका एनआरएन अमेरिकाका नेतृत्वले चुनाव जित्न खराब बाटो समाते र अन्तमा यत्रो गरिमायमय ईतिहास बोकेको सबैको साझा संस्थालाई अप्ठेरो खाडलमा लगेर धकेलिदिए र संसारभर बदनाम पनि गराए । यस अघिका नेतृत्वले यसबारेमा आत्मआलोचना गर्नु पर्ने हो ।  यसको लागी हाम्रो नेपाली समुदाय समयमै सचेतहुन जरूरी छ अव ।

रविना थापाको समुहको सुनिश्चित जितको आधार भनेका सबै पदमा योग्य र उच्च छवि भएका ब्याक्तित्वहरू उठाएर शसक्त समुह बनाउन सक्नु हो । जुन समुहमा निक्कै लामो समय अघिबाट अमेरिकामा बसोबास गर्नुहुने शालीन ब्याक्तित्वका धनि ,मानव अधिकारवादि ,सबैले रुचाउने ,सबै समुहका पनि अभिभावक गजेन्द्र अर्याल बरिष्ठ उपाध्यक्ष पदका उमेदवार हुनुहुन्छ भने ख्याति प्राप्त लोकगायक ,समाज सेवी ,ब्याबसायि तथा नेपाल सरकारको अमेरिका को लागी टूरिजम तथा कल्चरलको अवैतनिक दूत पनि हुनहुन्छ (२०१६ देखी २०१९ सम्मको लागी) दूत सुमन बुढामगर  उपाध्यक्ष पदका उमेदवार हुनुहुन्छ । त्यस्तै मेरिल्याण्ड बिश्वबिध्यालयका सह(प्राध्यापक ,अमेरिकी नेपाली समाजमा उच्च छवि बनाउनु भएका एक बिशिष्ट ब्याक्तित्वका धनि डा। प्रकास अर्याल कोषाध्यक्ष पदका उमेदवार बन्नु भएको छ । जनजाति समुहमा राम्रो छवि बनाउनु भएका एक बिशिष्ट ब्याक्तित्वका धनि टेक बहादुर लामा सचिव पदका उमेदवार हुनुहुन्छ । त्यस्तै यूवा ,मिलनसार ब्याक्तित्व महेश मल्ल महासचिव ,भुवन आचार्य र नारायण वन जस्ता शसक्त समाजसेवी उपाध्यक्ष पदको उमेदवार हुनुहुन्छ भने खेल क्षेत्र र समाज सेवाबाट  माथि आउनु भएका मोहन वाईवा जस्ता शसक्त र ऊर्जावान उमेदवारहरूको समुहले गर्दा अरु समुहको तुलनमा यो समुह निक्कै सन्तुलित ,योग्य ,ऊर्जावान तथा शसक्त छ । यो समुहमा समावेसी ,समानुपातिक जस्ता हाम्रो समाज भित्र चलिआएका मान्याताहरूलाई  पनि स्पष्ट ढंगले लागु गरिएको देखिन्छ । कुनै पनि उमेदवार समाजमा बिबादित र आफ्नो छवि र प्रतिष्ठा गुमाएका उमेदवार छैनन् । सबै स्वच्छ छवि र समाजमा सबैले मान्ने ,सम्मान गर्ने ब्याक्तित्वका धनि हुनुहुन्छ यसले गर्दा पनि यो समुह अरू समुह भन्दा शसक्त र भिन्न देखिन्छ । यो रबिना थापाको समुहले जित्ने पहिलो आधार हो ।

समाजसेवा गर्नेले पटकरपटक आफ्नो आत्मसमिक्षा पनि गर्न जरूरी छ । आफ्नो कार्य सम्मपादनलाई परिक्षाको आगोमा झोसेर जे नतिजा आउँछ स्वीकार्न सक्ने सामर्थ्य र खुबि दुबै असल समाज सेवीमा हुनु जरूरी छ । अहिले फेसबुके समाज सेवी बन्न सजिलो छ तर खुट्टा खियाएर,पसिना झारेर बास्तविक समाज सेवी बन्न अवश्य पनि सजिलो छैन । समाज कति सम्म संवेदनशिल र सचेत हुन्छ जसले समाज सेवा गर्ने हुँ भन्नेहरूको एक गल्तिको प्रतिक्षा गरि बसिरहेको हुन्छ । एनआरएन मा कुनै पनि जिम्मेवारी पद लिनु भनेको समाजलाई समय र सेवा दिनको लागी मात्र सधै आफु तयारी हालतमा रहनु हो । एनआरएनमा कुनै जिम्मेवारी लिएर नाम ,दाम र सम्मान लिने मात्र चाहना हो भने त्यस्ता प्रबृति र आकांक्षा भएकाहरूलाई यो संस्थामा आएर केही पनि प्राप्त हुँदैन । समाज सेवा गर्ने काम दुई दिन चुनाव लड्न खटे जस्तो सजिलो छैन र हैन पनि । यहाँ धेरै बिरोध र अपमान लाई पचाउन सक्नु पर्छ भने रिस र आफ्नो ब्याक्तिगत फाईदालाई त सधै पैतालमुनि राख्न सक्नु पर्छ । तव मात्र गर्न सकिन्छ सच्चा समाज सेवा । अनि मात्र पत्याउँछ शिक्षित र सभ्य समाजले अमेरिकामा । तसर्थ रविना थापाको समुह भित्र रहेका प्रत्येक उमेदवारहरू यी यावत योग्यतामा योग्य,क्षमतावान,उर्जाशिल र सक्षम छन् यो रबिना थापाको समुहले चुनाव जित्ने दोस्रो आधार हो ।

कुनै एक ब्याक्तिको जोडबलले मात्र संस्था बिधि र पद्धति अनुसार कहिल्यै चल्न सक्दैन । संस्था चलाउन सामूहिक निर्णय गर्ने क्षमताको बिकास नेतृत्व गर्ने ब्याक्ति सँग हुनुपर्छ । सक्षम र सफल नेतृत्वले सबैको कुरा,सबैको बिचार सुन्न सक्ने ,सबैको मनोभावना बुझ्न सक्ने हुनुपर्छ । संस्था भनेको त सबैको साझा प्रयास,साझा सहयोग र सबैको बिचारहरू मोथेर निकालिएको उत्तम बिचारलाई समाज हितमा लगाउन गर्न सधै तत्पर हुनु पर्छ । अनि मात्र समाज सफल सेवी बन्न सकिन्छ । बिरोध, फरक मतलाई सुन्नै नसक्ने,सुन्नै नखोज्ने ,आफ्नो बिचार मात्र लाद्न खोज्ने ,आफुमात्र सत्य र सधै सही भन्ने प्रवृतिले गर्दा नै हाम्रा सामाजिक संस्थाहरू दिनप्रतिदिन धराशायी हुँदै गएका छन् । फरक मत ,फरक बिचार राख्नेहरू माथि निषेधको डण्डा बर्षाउन थाल्नेहरूले समाज सेवा र समाजको नेतृत्व कुशल ढंगले कहिल्यै पनि गर्दैनन् । त्यस्ता ब्याक्तिहरूको झुण्डले समाज सेवाको नाममा आफ्नो बखान मात्र गरेर समय र संस्थालाई बर्बाद गराउँछन् । यिनले समाज सेवा गरेर निकाल्नु पर्ने नतिजा सधै शून्य हुन्छ । अमेरिकाको नेपाली समाज बिगार्ने एैँजेरू पनि तिनै हुन । जसले समाज सेवाको नाममा आफ्ना ब्याक्तिगत स्वार्थहरूलाई नेपाली समुदाय भित्र आजसम्म  बेच्दै र लाद्दै आए । यो प्रबृति सँग जोगिन रविना थापाको समुह सँग सचेतना,सामाजिक मनोविज्ञान ,स्पष्ट कार्यायोजनहरू,प्रष्ट लक्ष्य,सबै उमेदवारहरूमा समाजको लागी केही गरौ भन्ने उत्साह र क्षमतावान ब्याक्तित्वहरू छन् ।  भारतले नेपालमा नाकाबन्दी लगाउँदा न्यूयोर्कमा डि सी नाकवन्दिको पक्षमा नारा लगाउने नेपाली समाज भाड्ने भ्रष्ट ब्याक्तिहरू यो समुहको कुनै पनि पदमा उमेदवार छैनन् । यो रविना थापाको समुहले चुनाव जित्ने तेस्रो आधार हो । त्यसले गर्दा पनि रविना थापाले नेतृत्व गरेको समुह सुनिश्चित जितको नजिक पुगिसकेको छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top