एनआरएन एएनसीसी कतार अध्यक्ष पदको उम्मेद्वार मोहम्मद मुक्तदा मुसलमानको उम्मेद्धवारी तथा घोषणा-पत्र


एनआरएन एएनसीसी कतार अध्यक्ष पदको उम्मेद्वार मोहम्मद मुक्तदा मुसलमानको उम्मेद्धवारी तथा घोषणा-पत्र

सम्पुर्ण पञ्जिकृत सदस्यहरुमा अपिल :-

गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्ष पदमा मोहम्मद मुक्तदामुसलमानको उम्मेद्धवारी तथा घोषणा पत्र ।

आदरणीय गैरआवसीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अस्सलामु अलैकुम एवम नमस्कार ।

विश्व संजालमा फैलिएको एनआरएनएको अभियानलाई निरन्तरता दिदै हाल बर्तमान मौजुदा कार्यसमितीको सचिवालय सदस्यपदमा रहि आफ्नो जिम्मेवारी बहन गरिरहको सबैमा अवगत नै छ । मैले विभिन्न सामाजिक सघंसस्थामा सिकेका सिप,क्षमता र ज्ञान लाई नेपाली समुदायको हितमा लाग्ने प्रण सहित आशन्न गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको सातौ अधिबेशन (२०१७–०१९) कार्यकालका लागी अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेको छु ।

“नेपालीकालागी नेपाली”भन्ने मुलनारालाई आत्मसाथ गर्दैए नआरएनएको अभियानमा सम्पुर्ण नेपालीको एकता,समृद्ध नेपाल र परिवर्तन मा सबैको सहभागितालाई जोड दिदै कतारमा रहेका नेपाली समुदायको हितमा प्रतिबद्ध भएर लाग्ने दृण विश्वासका साथ मेरो उम्मेदवारी रहेको छ ।

एनआरएनको आभियानलाई पुर्णतादिननिम्न उद्धेश्यका साथ मेरो उम्मेद्वारी रहेको छ ।

१. कतारमा कार्यरत श्रमिक नेपालीहरुको समस्यापहिचान गरी समाधनमा जोड् दिइनेछ ।

२. नेपाली कला संस्कृति भाषा,साहित्य तथा रितीरिवाजलाई विश्व समुदायमा चिनाउनका निम्ति कतारमा कल्चर सेन्टर खोल्न लाई तिब्रता दिइनेछ ।

३. कतारमा नेपाली समुदायका बालबालिकाहरुको लागी स्कुल खोल्न सम्बन्धित निकाय सग पहल गरिनेछ ।

४. खेलकुद क्षेत्रको विस्तारका लागी खेलाडिहरुको अन्तर्राष्ट्रिय स्तरमा ब्यावसायीक तथा दक्षता बृद्धिका लागी प्रयत्न गरनेछ ।

५. नेपाली उत्पादनलाई कतारको बजारमा प्रर्बद्धन गर्न विशेष पहल गरिनेछ ।

६.कतारको लगानीलाई नेपालमा लैजान विशेष पहलगर्दै कृषि क्षेत्रको स्तर उन्नोतिमा जोड दिइनेछ ।

७.पर्यटन प्रबद्र्धनमा अन्तर्राष्ट्रिय नागरिकहरु लाई नेपाल भ्रमण मा प्रेरित गरिनेछ ।

८,.श्रमिकहरुलाई भाषागत ज्ञान तथा ट्राफिक नियम सेफ्टी तालिम जस्ता विविध हितमुलक कार्यमा पहल गरिनेछ । 

९.विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरु लाई कानुनी जटिलता तथा कोमामा रहेका विमारीहरु लाई उद्धार गर्नमा पहल गरिनेछ ।

१०.घरेलु कामदारको रुपमा आउने नेपालीमहिलाहरु लाई कानुनी रुपमा ब्यवस्थित गर्न पहल गरिनेछ ।

११.एनआरएनको हरेक गतिविधिहरु लाई समुदायमा पार्दशी ढङ्ग बाट प्रस्तुत गरिने छ ।

१२.कतारमा स्थापित सम्पुर्ण संघसस्थाहरु लाई एकता गर्दै एनआरएनको अभियान लाई पुर्णता दिन जोड दिइनेछ ।

उल्लेखित बुदाहरु लाई आधार मान्दै तपाईहरुको सल्लाह सुझाब आत्मसाथ गरी अगाडि बढ्नेछु । मेरो उम्मेदवारी लाई पुर्णता दिन अमुल्य मत दिइ विजयी गराउनु हुनेछ भन्ने पुर्ण आशा एवम् विश्वास लिएकोछु ।

एनआरएन एएनसीसी कतार
अध्यक्ष पदको उम्मेद्वार
मोहम्मद मुक्तदा मुसलमान

ब्यक्तिगत परिचय
नामः  मोहम्मद मुक्तदा मुसलमान
ठेगना  : सुद्धोधन गाउपालिका–६ गौरीगन्ज,कपिलबस्तु
उमेर : ३४ बर्ष
पेशा तथा ब्यवसाय : काठमाण्डौ टेड्रिङ एण्ड कन्ट्रयाटिङ कम्पनी
                 ः खाधन्न आयत तथा निर्यात साथै निर्माण क्षेत्रमाल गानी ।
कम्पनीमा लगभग ३०० जनाभन्दा बढी कामदारहरु कार्यरत रहेका छन् ।

सामाजिक संघ सस्थामा संग्लनता

एनआरएनए एनसीसीकतारको बर्तमान मौजुदा कार्यसमितीको सचिवालय सदस्य
कपिलबस्तु मुस्लिम समाजको संरक्षक
नेपाली मुस्लिम समाजकतार,सल्लाहकार

बुद्धभुमी कपिलबस्तु समाज, सल्लाहकार

 

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top