एनआरएन एआईसिसि सदस्यमा कुमार कार्कीको उम्मेद्धारी


एनआरएन एआईसिसि सदस्यमा कुमार कार्कीको उम्मेद्धारी

दोहा, ११ अगष्ट २०१७ — गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी १८ अगष्टमा आयोजनाहुने महाधिवेशनवाट चयन हुने २०१७ — २०१९ कार्यकालका लागि कुमार कार्कीले आईसिसि सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन् ।

संघका गतिविधिमा सकृय रहँदै आएकाकार्की सन् २००६ देखि निरन्तर राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न तह र तप्कामा काम गर्दै आएका छन् ।
 
संस्थागत र पदिय जिम्मेवारी वहनगर्ने क्रममा कार्कीले एनआरएन एएनसिसि कतारको २००६ — २००९ को कार्यकालमा कार्यसमिति सदस्य, २००९ को अधिवेशनमा निर्वाचन संयोजक, २०१३ — २०१५ को कार्यकालमा प्रथम उपाध्यक्ष र २०१५ — २०१७को कार्यकालमा सल्लाहकार संयोजकको पदिय जिम्मेवारी निर्वाह गरि सकेका छन् ।
 
यसका अलावा कतारको सामाजिक अभियानमा विभिन्न संस्थाहरुमा संलग्न भई सामाजिक अभियान अग्रणि भुमिकामा रहँदै आएका छन् । कार्की हाल कतारको अग्रणि संस्था मोरङसुनसरी सेवा समाज, नेपाल पत्रकार महासंघ र अन्तराष्ट्रिय साहित्य समाज कतार, तेह्रथुम सेवा समाजको सल्लाहकारको रुपमा समेत कार्य गरिरहेका छन् । कार्कीले नेपाल पत्रकार महासघ शाखा कतारको अध्यक्षको रुपमा २००९ देखि २०११ सम्म सफलतापुर्वक काम गरि सकेका छन् । 
 
समाजको गुणस्तर विकास, युवा शसक्तिकरण र युवा उद्यमशिलता, नेपाली साहित्य विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका कार्की एनआरएन अभियानमा  राम्रो दख्खल राख्ने गर्छन् । यथेष्ट संस्थागत अनुभव, कार्यदक्षता, नेतृत्वकुशलता साथै सामाजिक कार्यमा अत्यन्त मेहनति युवा उम्मेद्धार काकीको उम्मेद्धारी नेपाली समाज कतारको लागि महत्वपुर्णं उम्मेद्धारीको रुपमा लिएका छन् । 
 
कार्कीले सामाजिक संजालमार्फत उम्मेद्धारीको सार्वजनिकिकरण गर्दै  उद्देश्य, प्रतिवद्दतालाई आधार सहित पेश गरेका छन् । 
 
कार्कीको उम्मेद्दारी घोषणाको पुर्णपाठ तपसिल वमोजिमको रहेको छ । 
 
गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पदका मेरो उम्मेद्धारी 
 
आदरणिय गैरआवासिय नेपाली संघका अग्रजअभियन्ताज्यूहरु तथाएनसिसि कतारकापरिषद सदस्यमित्रहरु,
हार्दिक नमस्कार ।
 
गैरआवासिय नेपालीअभियान नेपाल वाहिर रहेका नेपालीहरुको साझा अभिया नहो । यस अभियानलाई नेपाल वाहिर र नेपालभित्रका नेपालीहरुको साझा अभियानको रुपमाविकास गर्नु साथै नेपालको समृद्दिमा यसको सदुपयोग गनु हामी सवैको कर्तव्य हो । समृद्द नेपाल निर्माण गर्ने संघको उद्देश्य प्राप्ति गर्न प्रशस्तचुनौति र उत्तिकै सम्भावनाहरु छन् । यस अभियानलाई व्यवहारिक र वैज्ञानिक तवरले समयानुकूल बनाउनु हामी सवैको दायित्वहो । सन् २००३ मा यस संघको स्थापना गरि विदेशमा रहेका समग्र नेपालीहरुको साझा स.स्थावनाउने अभियानको थालनी गर्ने अग्रजहरु र विशेष गरि कतारमा यस अभियान लाई थालनी गर्ने र एनसिसि कतारको स्थापनागर्ने अग्रजहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । 
 
यस संघको जिम्मेवार सिपाहि भएको हैसियतले संस्थागतर पदि यअनुभव सँगाल्ने क्रममा सन् २००६ देखि निरन्तर राष्ट्रिय समन्वय परिषद कतारको विभिन्नतह र तप्कामा काम गर्दै आईरहेको कुरा यहाँहरुलाई विदितै छ । संस्थागत र पदिय जिम्मेवारी वहनगर्ने क्रममा एनआरएन एएनसिसि कतारको २००६ — २००९ को कार्यकालमा कार्यसमिति सदस्य, २००९ को अधिवेशनमा निर्वाचन संयोजक, २०१३ — २०१५ को कार्यकालमा प्रथमउपाध्यक्ष र २०१५ — २०१७ को कार्यकालमा सल्लाहकार संयोजकको पदिय जिम्मेवारीलाई सफलतापुर्वक निर्वाह गर्दै आईरहेको छु ।
 
यसका अलावा कतारको सामाजिक अभियानमा विभिन्न संस्थाहरुमा संलग्न भई सामाजिक अभियानलाई निरन्तरता दिदैं आई रहेको छु । सो को निरन्तरता स्वरुप र गैरआवासिय नेपाली अभियानलाई संस्थागत, सामूहिक र समयसापेक्ष नेतृत्व प्रदान गर्नलागि आगामी १८ अगष्ट २०१७ देखि प्रारम्भ एनसिसि कतारको सातौं महाधिवेशनमा २०१७ — २०१९ सम्मको कार्यकालका लागि कतारवाट आईसिसि सदस्यपदका लागि उम्मेदवारी दिन निर्णय गरेको छु ।
 
सम्पुर्ण अग्रजहरु र आदरणिय परिषद सदस्यमित्रहरुको साथ र सहयोग प्राप्तहुने विश्वास सहित तपसिल वमोजिमका उद्देश्य र प्रतिवद्धतालाई आधार सहित पेश गरेको छु । 
 
 
कुमार कार्की
 
एनआरएनएआईसिसि सदस्यको उम्मेद्धार ( कतार )
ईमेल : nMkarkkumar@gmail.com
फोन नं. : ००९७४—७०४०६३७४

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top