गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारको महासचिब पदमा नबराज वि.क.को उम्मेदवारी


गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारको महासचिब पदमा नबराज वि.क.को उम्मेदवारी

सम्पुर्ण पञ्जिकृत सदस्यहरुमा हार्दिक अपिल !

आदरणिय सम्पुर्ण गैरआवसीय नेपाली सघंका सस्थापक एवम् अग्रज अभियान्ता,पञ्जिकृत सदस्य महानुभाव, कतारमा कार्यरत गैरआवसीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, एवम् पत्रकार मित्रहरु मा हार्दिक नमस्कार 

सार्क राष्ट्र भन्दा बाहिर प्रवासमा बसोवास गर्ने ३० लाखभन्दा बढी नेपालीहरुको आसा,भरोसा र प्रेरणाको उर्जाप्रदायक सामाजिक साझा संस्था गैरआवसीय नेपाली सघं“नेपाली का लागी नेपाली” भन्ने मुल नाराका साथ संसारभर ७३ वटा राष्ट्रहरुमा संजाल विस्तार सगै मातृभुमी नेपाल प्रति प्रतिबद्व भई अगाडि बढीरहको छ । एनआरएनएको अभियानमा स्थापनाकाल देखि नै कतार बाट सहभागीता महत्वपुर्ण रुपमा हुदै आइरहेको  सबैमा अवगत नै छ । 

गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारको आसन्न सातौ अधिबेसन (२०१७–२०१९) कार्यकालका  लागी नयाँ नेत्तृत्व चयनको प्रक्रिया अगाडि बढिरहेको छ । यसै परिवेशमा मेरो कतार बसाइको एक दशक को अवधिमा विभिन्न सामाजिक संघ सस्थाहरुको अनुभव, ज्ञान र सिप लाई सगाल्दै आम श्रमिकहरुको हितमा कृयाशिल रही नेपाली समुदायको भावना लाई सम्मान गर्दै नेपाल र कतार बिचको सम्बन्ध लाई घनिभुत बनाउदै सस्थाको हित र मुल्य मान्यताहरु लाई आत्मसाथ गर्दै महासचिब पदमा मैले उम्मेदवारी दिएको सबैमा जानकारी गराउदछु ।

गैरआवसीय नेपाली सघंको अभियान लाई निरन्तरता दिदै पार्षद सदस्य हुदै (२०११–२०१३) कार्यकालमा साहित्य विभाग को उप प्रमुख, त्यसै गरी ( २०१३–२०१५ ) कार्यकालमा युवा संयोजक साथै बर्तमान(२०१५–२०१७) मा गैरआवसीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषद को मिडिया पब्लिकेसन सेन्टर सदस्य MPC) मेम्बर को जिम्मेवारी लाई सफलतापुर्वक सम्पन्न गरीसकेको स्मरण  गराउन चाहन्छु ।

सामाजिक यात्राको क्रममा प्रवासको ठाउमा नेपाली समुदाय बाट हरेक दुःख सुखमा साथ र समर्थन निरन्तर रुपमा पाइनै रहेको छु । यसका अलवा समाज र परिबेश लाई नजिक बाट नियाल्दै  जीवनमा महत्वपुर्ण पाठ सिक्ने अवसर समेत पाएको मा सबैमा कृतज्ञ छु । 

विश्व सञ्जालमा फैलिएको यस गैर आवसीय नेपाली सघं को उद्धेश्य प्राप्तिका लागी मेरो एनआरएनएएनसीसी कतार को महासचिब पदको उम्मेदवारी लाई उपर्युक्त महशुस गरी सार्थक विन्दुमा पु¥याउन यहाँहरुको मत र सहभागिताको अपरिहार्यता रहनेछ ।

 सम्पुर्ण गैर आवसीय नेपालीहरुको हित र प्रगतीको पक्षमा विशुद्ध समाजिक भावनाले अगाडी बढ्ने मेरो विश्वास लाई सफल बनाई दिनुहुनेछ भन्ने पुर्ण अपेक्षा सहित निम्न उद्धेश्य प्राप्तिका लागी मेरो उम्मेदवारी रहने छ ।

१. रोजगारीको क्रममा कतारमा आई ठगीमा परेका शोषित पिडित नेपालीहरुको हितमा समस्या पहिचान गरी समाधान मा पहल गरिनेछ ।

२. कतारमा स्थापित विभिन्न सामाजिक संघ सस्थाहरु सग सहकार्यता गर्दै रचनात्मक तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्नमा जोड दिइनेछ ।

३. कतारमा कार्यरत श्रमिक नेपालीहरु लाई यहाँको कानुन, भाषागत ज्ञान,ट्राफिक नियम,सेफ्टि तालिम, नेत्तृत्व अभिवृद्धि तथा सिप र क्षमता विकास तालिम लगायत सम्बन्धि बस्तुगत अवस्थाको सुस्म अध्यान गरि प्रत्यक्ष रुपमा लाबन्धित बनाउन लागी जोड दिइनेछ ।
 
४. नेपाली कला संस्कृति साहित्य तथा खेलकुद जस्ता प्रत्यक्ष क्षेत्रमा सहभागिता बढाउन पहल गर्दै अन्तर्र्रािष्ट्रय स्तरमा परिचित गराउन प्रयत्न गरिने छ ।
 
५. नेपाली कल्चर सेल्टरको स्थापना गर्न तिब्रता दिइनेछ । साथै नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्न जोड दिइनेछ ।
  
गैरआवासीय नेपाली संघ को अभियान मा हामी सबै जना मिलेर रचनात्मक कार्य गर्न मा एकजुट हुनुपर्छ । मेरो उम्मेद्वारी रहर वा चाहना पुरा गरिदिन नभइ,जिम्मेवारी लाई आत्मसात गरी नेपाली समाज को एकता र समृद्धि का लागि हो भन्ने ठानेको छु । तपाईहरुको सल्लाह सुझाव तथा मार्गदर्शन लाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिबद्धता सहित महासचिब पदमा  अमुल्य मत दिइ विजयी सुनिश्चताको लागी सम्पुर्ण पार्षद् सदस्यहरुमा  हार्दिताका साथ आब्हान गर्दछु । 

धन्यबाद !
 
नबराज वि.क

महासचिब (उम्मेद्वार)

गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतार 


 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top