चितवन यूवा समुह कतारको १४औ राष्ट्रिय अधिवेशन सम्पन्न : अध्यक्षमा पौडेल निर्वाचित


चितवन यूवा समुह कतारको १४औ राष्ट्रिय अधिवेशन सम्पन्न : अध्यक्षमा पौडेल निर्वाचित

घनश्याम पराजुली , दोहा 

कतारमा स्थापित पुरानो समाजिक संस्था चितवन यूवा समुहको १४ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। गत शुक्रबार दोहाको शालिमार होटलमा सम्पन्न १४ औं राष्ट्रिय अधिवेशनले बालकृष्ण पौडेलको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

अधिवेशनबाट प्रथम उपाध्ययमा लालबहादुर भट्ट, दित्तीय उपाध्यक्षमा श्याम भुषाल ,महासचिवमा प्रकाश अर्याल, सचिवमा सुरज अर्याल , कोषाध्यक्षमा गोकुल तिमिल्सिना र सह–कोषाध्यक्षमा बिर बहादुर गुरुङ्ग सर्वसम्मत चयन भएकाहुन ।

अधिवेशनले युवा संयोजकमा नवराज श्रेष्ठलाई चयन गरेको हो । त्यस्तै कार्यसमिती सदस्यहरुमा मधुलाल श्रेष्ठ ,अनिश नकर्मी ,श्याम भक्त ढकाल , रामबहादुर श्रेष्ठ , पुष्पराज पाठक ,बिजय चौधरी ,सतिश भट्ट ,बालकृष्ण थापा ,युवराज शर्मा ,घनश्याम पराजुली र शान्ता थपलिया चयन भएका छन । 

अनेकतामा एकता ,चियूसको विशेषता भन्ने मुलनाराका साथ सन् २००१मा कतारमा स्थापना भएको चितवन यूवा समूह कतारले प्रवास साथै मातृभुमीमा सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएको छ । संस्थाका अध्यक्ष भुमिराज कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव शुरेष परियारले सन्चालन गरेका हुन । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सस्थाका सस्थापक अध्यक्ष तथा गैर आवासिय नेपाली संघका पुर्ब उपाध्यक्ष सागर नेपालले  नेपालीहरुको रोजगारीको प्रमुखगन्तव्य बनेको कतारलाई दोश्रो घर सम्झीनु पर्ने बताए ।  नेपालीहरुले खाडी मुलुकको  क्रमभुमीमालगनशिलताको उदाहरण दिएको बताउदै उनले भने  ‘ प्रवासमा हाम्रीहरु अनुशासनमा रही आफ्नो स्वास्थ्यको ख्याल गर्दै नेपालको पहिचान बनाउने कामगर्नुपर्छ ।

’चितवनयुवा समूहले बिगतमा गरेको धेरै सामाजिक कार्यहरुको सम्झना गर्दै प्रमुख अतिथी नेपालले  संस्थालाई अझ प्रभावकारी ढंगले जिल्ला स्तरीय सबै संस्थाहरु , एनआरएन एकतार  र राजदुतावास संग सम्वन्य गर्दै अघाडी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको ब्यानर अनावरण , दिप प्रजवलन, राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रममाकतारमै कार्यरत डा. डिना बांग्देलको चिर शान्तिको लागि मौनधारण गरियो । कार्यक्रममा विशेष अतिथिहरु चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिती प्रबास संयोजक समीर खत्री , संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार रामहरी गैह्रे , समाजसेवि तथा बुद्धिजीवी देवकाजि डङोल, एनआरएन आइसिसी सदस्य राजेन्द्र कुमार शर्मा , एनआरएन आइसिसि सल्लाहकार टि.बि कार्की,एनआरएन आइसिसि सल्लाहकार नरेन्द्र भाट,आइसिसी सदस्य हंसराज ढकाल ,एनआरएन कतारका कोषाध्यक्ष भेषराज

पराजुली लगायत विभिन्न सामाजिक तथा बैचारिक संघ-संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । अधिवेशनमा खुल्ला सत्रको समापन गर्दै सभापती भुमिराज कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकाथिए । उनले संस्था भोलीका दिनमा अझै सकृय हुनुपर्ने भन्दै निर्वाचित हुने नयाँ कार्यसमितीलाई शुभकामना दिएकाथिए।

खुल्ला सत्रको समापनसँगै संस्थाका पुर्व अध्यक्ष तथा निर्वाचन कमिटीका सदस्य रामहरी गैरेले बन्द सत्रको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोकुल प्रसाद तिमिल्सिनाले आर्थिक प्रतिवेदन साथै महासचिव सुरेष परियारले कार्य प्रगतीप्रतिबेदन प्रस्तुत गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट संस्थालाई सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा नेपालको पर्यटन प्रवद्घन :-

चितवनयुवा समुह कतारको १४औ राष्ट्रिय अधिवेशनमा उपस्थित विभिन्न देश तथा समुदायका प्रतिनिधीहरु माझ नेपालको पर्यटन प्रवद्धनका लागी कार्यक्रम गरियो । पोष्टरहरु मार्फत नेपालको पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिएको थियो । 

चितवन युवा समुहकतारले पहिलो पटक संस्थाका कार्यक्रम मार्फत पर्यटन प्रवद्धनका गर्न सकिने उदाहरण पस्केको छ । उक्त कार्यक्रममा भारत , बंगालादेश , पाकिस्तान , फिलिपिन्स लगायतका समुदायका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले नेपालको पर्यटन , कतारमा कार्यरत नेपालिहरुको मानव अधिकार र स्वास्थ्य क्षेत्रमा लगायतका सामजिक कार्यको लागि हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top