मृगौला पीडित नेपाल फर्किए


मृगौला पीडित नेपाल फर्किए

क्वालालम्पुर - मोरङ्ग निवासी पूर्ण बहादुर लिम्वू एनआरएनए मलेसिया कल्याणकारी कोषको सहयोगमा नेपाल फर्कएका छन् । 

आज भन्दा पाँच वर्ष अगाडी भिजिट भिषामा मलेसिया आएका लिम्वू एक हप्ता अगाडि टोङसिंङ्ग हस्पिटलमा चेकजाच गराउँदा उनको देव्रे मृगौला पूर्ण रुपमा काम नलाग्ने र एउटामा मासु पलाएको रिपोर्ट देखाए पछि हस्पिटलले तुरुन्त अप्रेसन गर्न अनुरोध गरेका थिए ।

उनको मलेसियामा उपचार गराँउन महगों शुल्क लाग्ने र हेरचाह गर्न नमिल्ने भए पछि लिम्वू नेपालमै उपचार गर्न नेपाल फर्कन निधो गरेका हुन् ।

निज सँग भएको पैसा उपचार गराउँदा सकिए पछि नेपाल जान दुतावासबाट स्पेशल पास र एनआरएनए मलेसिया एक तर्फि हवाई टिकटको लागि सहयोगको निवेदन दिएका थिए ।

उनको यो अवस्थालाई एनआरएनए मलेसियाले एक तर्फि हवाई टिकट प्रदान गरिए पछि निज शुक्रवार साँझ हिमालयन एअरलाईन्सबाट नेपाल पुगेका छन् ।

उनलाई उपचारको लागि सहगोग गर्न ईच्छुक व्यक्तिहरुले निजलाई सिधा सम्पर्क गर्न सक्नु हुनेछ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top