बाबुलाई कलेजो दिने सरितालाई जापानबाट आर्थिक सहयोग


बाबुलाई कलेजो दिने सरितालाई जापानबाट आर्थिक सहयोग

कुमार बज्र  , टोकियो 

२०१७ अगस्त १२ शनिवार  - जन्म दिने बाबुलाई ३०  प्रतिशत कलेजो दिएर जीवन बचाएकी सरिता महर्जनलाई वर्ल्ड नेवास्अर्गनाईजेशन जापान र  नेवा :जागरण मंच जापानले का प्रतिनिधिहरु लगन, गोफलस्थित घरमै पुगेर  आर्थिक सहयोग उपलब्ध गराएको छ  ।

वर्ल्ड नेवा :अर्गनाईजेशन जापानका प्रतिनिधि नरेन्द्र कुमार शाक्यले १५ हजार रुपैंया  आर्थिक सहयोग गरेको हो  ।

त्यस्तै  नेवा :जागरण  मंच जापान बाट पठाएको १५ हजार रुपैंया  नेवा :जागरण  मंचका  अधक्ष्य सुजीव बज्राचार्य ,सदस्य राजीव राजोपाध्यायको उपस्थितिमा संस्थाका प्रतिनिधि अमृत ताम्राकारज्युले हस्तान्तरण गर्नु भएको हो  ।

साथै महर्जन र वहांको पिताको स्वास्थको लाभको कामना गर्नु भएको छ  ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top