एनआरएन अमेरिकामा भेरिफिकेसन कमिटिको अर्कों आतांक


एनआरएन अमेरिकामा भेरिफिकेसन कमिटिको अर्कों आतांक
बिकास थापा,  हेरिसबर्ग ,अमेरिका
अघिल्लो पल्टको एनआरएन अमेरिकाको चुनावमा अत्यधिक फर्जी सदस्यहरू बनाइएको थियो । यही बिबादको कारणले गर्दा अमेरिकी अदालतमा मुद्दा पनि चलिरहेको छ । यहि समस्यालाई निराकरण गर्नेको लागी फर्जी सदस्यहरूको छानविन गर्नेको लागी एक समिति तयार गरियो तर उक्त समितिले २४०० भन्दा बढी फर्जी सदस्यहरूको पहिचान गरि भोटर्स लिष्ट बाट नाम हटाई पनि सकेको थियो । डा. केशव पौडेलले एकतर्फि रुपले आफ्ना पकडका ब्याक्तिहरू उक्त कमिटिमा राखे पनि आम अमेरिकी नेपालि समुदायमा केही आशा र बिश्बास पनि पलाएको थियो । तर जति जति चुनावी नजिकै गए र चुनावी कार्यक्रमहरू पनि सम्पन्न हुँदै गए । बिभिन्न राज्यमा बिभिन्न उमेदवारहरू र समुहहरूले गरेका चुनावी कार्यक्रमहरू डा. केशव पौडेलेको कार्यक्रमको तुलनामा अरूहरूले गरेका कार्यक्रम भव्य र सफल ढंगले सम्पन्न भए । डा. केशव पौडेलको कार्यक्रममा मानिसहरूको उपस्थिति शून्य हुनथालेपछि नै भेरिफिकेशन कमिटिले यस्तो गैह्रकानुनि ,अमानविय आतांक मच्चाउन थालेको हो । यसर्थ भेरिफिकेशन कमिटि डा. केशव पौडेललाई निर्बाचन जिताउनको लागी तल्लिन भएर लागिपरेको आभाष आम मानिसले अहिले गर्न थालिसकेका छन् ।
 
रबिना थापाको कार्याक्रममा सहभागी भएका र रबिना थापाको समर्थनमा लाग्नेहरूको खोजि खोजि नाम काट्न थालिएको जानकारिमा आएको छ । यसरी नाम काटिनेहरूमा न्यासका ( NANC ) अध्यक्ष रबिन्द्र राई । यूनिभर्ससिटि अफ क्यालिफोर्निया ( University of California ) का प्रध्यापक तथा बैज्ञानिक डा. पिताम्बर दाहाल । न्यान( NANC) का बोर्ड मेम्बर प्रेम राज के सी । त्यस्तै क्यालिफोर्निया वे - एरियाका समाज सेवी थलवीर ओलि लगायतको नाम रबिना थापा समुहको क्यालिफोर्नियाको भव्य चुनावि कार्याक्रम सम्पन्न भए पछि काटिएको जानकारी त्यस क्षेत्रका समाज सेवि थलवीर ओलिले जनपुकारलाई बताउनु भयो ।
 
प्रजातान्त्रिक बिधि पद्दतिमा आफुले चाहेको ब्याक्ति ,समुहलाई समर्थन गर्न पाउने । उसको कार्यक्रममा सहभागी हुन पाउने । चुनावी प्रचार प्रसार गर्ने पाउने अधिकार हुँदा हुँदै यसै बिषयलाई प्रमुख निहुँ बनाएर प्रतिशोध र बदलाको भावना लिई डा. केशव पौडेलको निर्देशनमा उनलै एकतर्फि रूपले तयार पारेको भेरिफिकेसन कमिटले डा. केशव पौडेलको पक्षमा नलाग्नेहरूको नाम खोजि खोजि काटेर निर्बाचनको मुखमा आतांक नै मच्चाई रहेको छ । यदि यही समाचारलाई आधार बनाएर भेरिफिकेसन कमिटिले गरेको गल्ति तत्काल नसच्चाएमा एनआरएन अमेरिकाको भेरिफिकेसन कमिटि बिरुद्द पनि मुद्दाको तयारी हुँदै छ । अहिले सम्पुर्ण पीडितहरूको नामवलि संकलन गर्ने र भेरिफिकेशन कमिटिलाई जानकारी गराउने । जानकारी पछि पनि तत्काल उक्त गल्ति सुधार नगरेमा पीडितहरू संगठित भई अदालतमा मुद्दा हाल्ने अन्तिम तयारी भइरहेको छ । हालसम्म २५/३० जना सम्मको नाम काटिएको जानकारीमा आएको छ ।
 
प्रजातान्त्रिक बिधि सबैले निर्बाचनमा सहभागिता हुन पाउने अधिकारको धाँटी निचारेर आफुमात्र बन्ने प्रतिशोधको भावना लिएर यसअघि नै गौरि जोसिको नाम निर्बाचन कमिटिले हटाएको बिरुद्दमा अदालतमा मुद्दा पनि दायर भईसकेको छ । यही मुद्दा लाई लिएर निर्बाचनको मिति समेत प्रभावित भइसकेको छ । निर्बाचन समिति र भेरिफिकेशन कमिटि ले स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्नु पर्नेमा कुनै एक ब्याक्तिको निर्देशनमा कुनै एक ब्याक्तिलाई फाइदा र निर्बाचन जिताउन लागि परिरहेको छ भने अव निर्बाचन समिति र भेरिफिकेशन समितिको कार्याशैलि माथि नै गम्भिर प्रश्न उठिसकेका छन् । निर्बाचन समितिको बिरुद्दमा त अदालतमा मुद्दा दायर भईसक्यो अव भेरिफिकेशन समितिको बिरूद्दमा पनि अदालतमा मुद्दा दायर हुन पुग्यो भने यो भन्दा ठूलो दुर्भाग्य एनआरएन अमेरिकाको लागी अरु केही हुने छैन । यति सम्म हुन लागिसक्यो की डा. केशव पौडेलको बिरूद्दमा प्रचार प्रसारमा सहभागी हुने ,समाचार लेख्ने ,उसको पक्षमा लविड् नगर्ने र उसलाई भोट दिदैन भन्ने लागेको कुनै पनि सदस्यको नाम निर्बाचनको दिनसम्म भोटर लिष्टमा रहन पनि सक्छ नरहन पनि सक्छ । उक्त भेरिफिकेशन कमिटिमा डा . केशव पौडेलले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न आफ्ना पक्षका मानिसहरू मात्र भर्ति गरि एकलौटी रूपले गठन गरिएको कमिटि हो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top