सप्तरीको बाढिपीडितलाई क्षतिपुर्ति दिन प्रधानमन्त्रीको निर्देशन


सप्तरीको बाढिपीडितलाई क्षतिपुर्ति दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन २६

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढिबाट भएको धनजन नष्टको तत्काल क्षतिपुर्ति दिन निर्देशन दिनुभएको छ । विहिबार प्रधानमन्त्रीले सप्तरीको स्थानीय प्रशासनलाई निर्देशन दिदै बाढिबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।

विहिबार सप्तरीमा आएको बाढिका कारण राजविराज नगरपालिकाको वडा नम्वर १५ मा धनजनको क्षति भएको छ । त्यहाका केही घरहरु ढुवानमा परेका छन् । प्रधानमन्त्रीले तराईको उच्च जोखिम भएको क्षेत्रमा सम्भावित बाढिको पुर्वव्यवस्थापन गरेर जोखिमयुक्त वस्तीहरु स्थानान्त्रण गर्न पनि निर्देशन दिनुभएको छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top