मूलबासी दिवस आदिबासी दिवस भनेर मनाउन पाइन्दैन –दिनेश वान्तवा


मूलबासी दिवस आदिबासी दिवस भनेर मनाउन पाइन्दैन –दिनेश वान्तवा

काठमाण्डौ ।

मूलबासी दिवस आदिबासी जनजाती दिवस भनेर मनाउन नपाइने मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय कोषाध्यक्ष दिनेश बान्तवाले बताउनु भएको छ । विश्व मूलबासी दिवसको अवसरमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै नेता बान्तवाले मूलबासी दिवसलाई आदिबासी जनजाति दिवसका रुपमा नमनाउन चेतावनी दिनु भएको हो ।

आदिबासी जनजातिहरुलाई सचिन सल्लाह दिदा दिदै पनि नसचियकोले मंगोल नेशनल अर्गनाइजेशनले हस्तक्षेप गर्नु परेको र आगामी दिनहरुमा मूलबासी दिवस मूलबासीहरुले मात्र मनाउने बताउनु भयो ।

संसारभर एकसाथ मनाइने ९ अगष्टलाई अझ देश ब्यापी रुपमा खुल्ला कार्यक्रम गर्दै लाने बताउनु भयो ।

आलोचकहरुले मंगोल नेशनल अर्गनाइजेशन बाहुन क्षेत्री बिरोधी पार्टी भनि प्रचार गरेको भएता पनि  नेता बान्तवाले बाहुन क्षेत्रीलाई गालि नगरेको दाबि गर्नु भयो । अमर डा. गोपाल गुरुङले बाहुन क्षेत्रीलाई सचिन आग्रह गर्दा नसचियकोले यो अवस्था सिर्जना भएको बताउनु भयो ।

भाडामा बसेको ब्यक्तिको उदाहरण दिदै उहाँले भन्नु भयो – भाडा बस्नेलाई घरबेटीले पहिलो चोटी सम्झाउने, दोस्रो पटक कडा चेतावनी दिने र अन्तिममा समाजको रोहबर निकादिने नमाने घर मालिकले जवर जस्ती निकाले जस्तै परिस्थिति अनुकुल कदम चालिने बताउदै अहिले मंगोल नेशनल अर्गनाइजेशनले यो देश हाम्रो हो बाहुन क्षेत्री बिदेशी भएको बिदेशी भनिएको तर देश छोड कहिँ पनि नलेखिएको प्रस्ट पर्नु भयो । मूलबासी मंगोलहरुले आफ्नो अधिकारको आवाज उठाउदा साम्प्रदायिकको आरोप लगाउनु त्यो कुनै नौलो नहुने र अधिकारको कुरा गर्दा साम्प्रदायिक हुन्छ भने आफुहरु स्वीकार गर्न तयार रहेको बताउनु भयो । बाहुन क्षेत्रीलाई गलहत्याउने कुरा गरेको छैन । बहुसंख्सयक मंगोलहरुले आफ्नो हिस्सा खोजेको स्पष्टोक्ति रहेको थियो ।

केन्द्रिय सदस्य जीवन मंगोलले मंगोल नेशनल अर्गनाइजेशनले बिस्व मान्यता अनुसार मूलबासी दिवस मनाइएको तर आदिबासी जनजातिको नामले विश्वलाई छल्ने गरेको दाबी गर्नु भएको छ र सहि परिभाषालाई बंगाईएको आरोप लगाएर उम्किन नपाइने त्यसको स्पस्टिकरण आदिबासी जनजाती महासंघले दिनु पर्ने र यदि मंगोल नेशनल अर्गनाइजेशनले उठाएको कुरा असत्य भए विश्व अदालतमा मुद्दा दायर गर्न र कारबाही गरेर देखाउन चुनौती दिनु भएको छ ।

कार्यक्रममा जेष्ठताको आधारमा दोलखा जिल्ला अध्यक्ष कर्ण जिरेललाई अध्यक्षता गर्नु भएको कार्यक्रमलाई नासाहांङ थम्बुले संचालन गर्नु भयो र विभिन्न जिल्लाका प्रतिनिधिहरुले समेत मन्तब्य राख्नु भएको थियो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top