राजेश पायल राईको रोमान्टीक गित बजारमा


नेपाली सांगेतिक दुनियमा दुई दशक लामो सांगेतिक यात्रा गरेका भर्सटायल गायक राजेश पायल राईको स्वरमा सजिएको रोमान्टीक गित बजारमा आएको छ ।

तिमी जुन झै हासे बोलको उक्त गितको शब्द मोहन राज भट्टराईले कोरेका हुन् । भट्टराई यतिबेला बैदेशिक रोजगारको शिलशिलामा परदेशर्म रहेका छन् ।

बबुल गिरीको एरेन्ज रहेको यो गितमा चर्चित संगितकार राजशुक्र लिम्बुले संगित भरेका छन् ।

शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको यो गितको भिडियोमा दिनेश बरुवाल,कृष्टीना थापा र रिया कार्कीको अभिनय रहेको छ । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई अमृत चापगाईले सम्पादन गरेका हुन् ।

मोडल सड नेपालको प्रस्तुती रहेको यो भिडियोलाई मनोरन्जन नेपालको युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top