डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो


डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो

विजय थापा

धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ । 

आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्णिमा अन्य संघ तथा संस्थाका स्वयमसेवकहरू खटेका थिए  । 
 
डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि गत अगष्ट ७ तारिखमा जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान देखि सांझ सम्म चलेको थियो  िबिहान ७ बजे देखि साँझ ७ बजे भएता पनि भक्तजनहरु ८:३० बजे सम्म आउने क्रम रहेकोले चलेको थियो । 
 
सोमबार काममा जानु पर्ने भएता पनि बिहान देखि नै मुसलधारे पानी परेता पनि झन्डै १ हजार ५ सय को हाराहारीमा श्रद्धालु भक्तजनहरु आएका थिए । उपस्थित भक्तजनलार्इ क्वाँटी, पुलाउ,अचार, हलुवा, खर्बुजा खुवाइएको थियो  । 
 
स्थापना काल समेत यस बर्ष २०७४ समेत लगाएर जनै तथा रक्षाबन्धन संस्थाले ८ औ पटक मनाएको हो  िडिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनाल तथा अन्य पण्डितहरु द्वारा आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन, शान्ति यज्ञ तथा अन्य पूजा अर्चना गरेका थिए  । 

सोमबार को साथै नेपालमा चन्द्र ग्रहण परेको अवस्था भएता पनि अमेरिकामा चन्द्र ग्रहण नपर्ने भएकोले समुदायलाई भ्रम सृजना भएको थियो  । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top