रबिना थापाको न्यूयोर्क कार्यक्रमले झड्का दियो, सागरै फर्कियो, जित सुनिश्चित


रबिना थापाको न्यूयोर्क कार्यक्रमले झड्का दियो, सागरै फर्कियो, जित सुनिश्चित

रबिना सहयोगी हातहरुले न्यूयोर्कमा रबिना थापाको टिमलाई सपोर्ट गर्न आयोजना गरेको कार्यक्रममा झन्डै ४०० जनाको सहभागिता थियो। स्थानिय ज्याक्सन हाइट्स स्थित ॐ शक्ती मन्दिरमा आयोजित रबिना थापा तथा टिमको भेट घाट तथा अन्तर्कृया कार्यक्रममा बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरु र अन्यको उपस्थिति थियो ।

नेपाली जनसम्पर्क समिती अमेरिकाका महासचिब मुनेन्द्र नेम्बाङ, कोषाध्यक्ष बिजय थुलुङ, संस्थापक उपाध्यक्ष मिङ्मार शेर्पा, केन्द्रिय सदस्य सुवास तामाङ, न्यूयोर्क च्यापटर अध्यक्ष रोशन ढुंगाना, उपाध्यक्ष अमर तामाङ, मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजेन्द्र सेन्चुरी, लङ आइल्याण्ड च्याप्टरका अध्यक्ष बिश्व बास्तोला समेत हुनुहुन्थ्यो।

त्यसैगरी नेपाल जनजाती महासंघका अध्यक्ष लुइसाङ वाइबा, उपाध्यक्ष मंगलदास श्रेष्ठ, महासचिव प्रेम गुरुङ, पुर्व अध्यक्ष कर्मा ज्ञाल्जेन शेर्पा, तामाङ सोसाइटिका अध्यक्ष शान्त थोकर, पुर्व अध्यक्षहरु ईन्द्र तामाङ, भरत तामाङ, गुरुङ समाजका अध्यक्ष डम्बर जङ गुरुङ, किरात राइ सोसाइटी अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष भारती राइ, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा, मगर समाज न्यूयोर्कका अध्यक्ष सुमन पुन,  अधिकार संस्थाकी अधिकारकर्मी नर्वदा छेत्री, लङ ल्याण्ड नेपाली सोसाइटीका अध्यक्ष टिका ढकाल, पुर्व अध्यक्ष दुर्गेश कार्की, रिजवूड नेपाली सोसाइटीका अध्यक्ष रबी किरण कोइराला, सचिव भुवन अधिकारी, किरात याक्थुङ चुम्लुङका पुर्व महासचिव सुभद्रा लावती, समाजसेवी तथा एनआरएनका अभियन्ता डा तारा निरौला, डा गोभिन्द कोइराला हुनुहुन्थ्यो।

त्यसैगरी NRNA NCC अमेरिकाका मोहन ज्ञवाली, गोमा सेन ( ICC  सदस्य उम्मेदवार ) लगायत बिभिन्न ब्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना दिनेहरुमा अग्नी ढकाल, डा तारा निरौला, नर्बदा छेत्री, भरत लामा, भारती राइ, कर्मा ज्ञाल्जेन शेर्पा, टिका ढकाल, बिश्व बास्तोला, रबी किरण कोइराला, सुभद्रा लावती, डम्बर जङ गुरुङ लगायत बिभिन्न ब्यक्तिहरु हुनुहुन्थ्यो ।

कार्यक्रममा उम्मेदवारहरुको तर्फबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार गजेन्द्र अर्याल, उपाध्यक्ष का उम्मेदवार सुमन बुढामगर, महासचिवका उम्मेदवार महेश मल्ल, कोषाध्यक्षका उम्मेदवार डा प्रकाश अर्याल, सचिबका उम्मेदवार टेक लामा, बोर्ड अफ डाइरेक्टरका उम्मेदवारहरु भबिन्द्र शेर्पुन्जा, प्रकाश शर्मा लगायतले आफ्नो कुरा राखेका थिए ।

झण्डै ५ घण्टा सम्म चलेको कार्यक्रमको अन्तमा कार्यक्रमकी प्रमुख अतिथी एनआरएनए अमेरिका २०१७ / २०१९ कार्यकालकी अध्यक्ष प्रत्यासी रबिना थापाले आफ्नो ४२ मिनेट लामो मन्तब्य राख्नु भयो । मन्तब्यमा उहाँले आफु किन अध्यक्ष हुन योग्य भएको, कस्ता काम गरियो, योजना के छ, अब संस्था कस्तो हुने छ भन्ने सम्पूर्ण कुराहरु राख्नुभयो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top