NRNA US निर्वाचनमा महासचिव र सचिवमा महेश र टेकको जोडी जित्नेभयो


NRNA US निर्वाचनमा महासचिव र सचिवमा महेश र टेकको जोडी जित्नेभयो
कृष्ण के .सी .
क्यालिफोर्निया
 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन अगष्ट ११ र १२, २०१७ मा हुँदैछ। चुनावको रन्को र फन्को चल्दै गरेको बेला विभिन्न प्यानलका विभिन्न पदका उम्मेदवारहरु मैदानमा छन् । अध्यक्ष पछि दोश्रो प्रमुख रुपमा हेरिने पद महासचिव पद हो ।
 
यो पटक महासचिव पदमा जम्मा तीन जना उम्मेदवार छन् । तीन मध्य रबिना थापाको प्यानलबाट उम्मेदवार बनेका महेश मल्ल नै सबै भन्दा दरिला देखिनु भएको छ । मल्लले पुर्वबाट एकलौटी पार्दै पश्चिम क्यालिफोर्निया सम्मै घुमेर फर्कनु भएपछि अब जितको नजिक पुग्नु भएको छ । जवान तर दरिला र भित्रि पक्कड दरिलो भएका मल्ललाइ पश्चिम क्यालिफोर्निया र टेक्सास दुवै ठाउँका मतदाताले मन पराए ।
 
आफ्नो न्यूयोर्क क्षेत्रको त पहिला देखिने ७०% बटुलेर बस्नु भएका मल्ल अब भने जित्ने निश्चितमा हुनुहुन्छ । उसै पनि गौरी जोसी प्यानलबाट महा
सचिवका उम्मेदवार खाली रहेको अवस्थामा त्यो मत समेत मल्ल तिर नै जाने पक्का भएको छ । त्यसैगरी सचिवका तीनजना प्रत्यासी मध्य एक जनाको प्रभाव देखिएको छैन भने अर्को एक जनालाइ कसैले नै चिनेको अवस्था छैन ।
 
क्यालिफोर्निया निवासी टेक बहादुर लामा आफ्नो होमस्टेटमा त जम्नु नै भएको छ। भर्खरै टेक्सास र न्यूयोर्क सम्मको कार्यक्रम भ्याएर फर्कनु भएका लामाको माहोलले जित्ने परिपक्का भएको छ ।
 
न्यूयोर्कमा आफ्नो कार्यक्रम बाहेक उहाँले थुप्रै व्यक्तिहरुसंग व्यक्तिगत रुपमा पनि भेटघाट गर्नुभएको छ। फर्कने क्रममा लामाले भन्नुभयो अब त पक्का भयो जित, महेशजी संग जोडी जम्नेभयो ।
 
हुन पनि पहिलो दिन देखि नै रबिना थापाको टिमबाट कतै बिचलित र नअल्मलिएर आएका महासचित र सचिवका उम्मेदवार क्रमस : महेश मल्ल र टेक बहादुर लामाको जोडी जम्ने भएको छ। मिलनसार स्वभावका दुबैजनाले आफु अब जितको पक्का स्थितिमा पुगेको कुरा बताउनुभयो ।
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top