शान्ति सुरक्षा र कानूनी शासन कायम गर्न प्रधानमन्त्रीको निर्देशन


शान्ति सुरक्षा र कानूनी शासन कायम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन २३ :  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन डटेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।
 
सोमबार प्रधानमन्त्री कार्यालयमा भेट्न आएका नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र हालै बढुवा हुनुभएका अतिरिक्त प्रहरी महानिरीक्षकहरूलाई निर्देशन दिँदै जन–धनको सुरक्षाका साथै प्रहरीको छविलाई उच्च राखेर काम गर्न निर्देशन दिनुभएको हो ।
 
प्रधानमन्त्रीले असोज २ गते हुने प्रदेश नम्वर २ को चुनावका लागि विशेष सुरक्षा सतर्कता अपनाउन पनि प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरीको काम सुरक्षामात्रै नभई जनताको दःुख–सुखमा साथ दिने पनि भएको प्रधानमन्त्रीले बताउनु्भयो ।
 
उहाँले प्राकृतिक प्रकोपमा पनि प्रहरीले चुस्त रुपमा कार्य गर्नुपर्ने भन्दै त्यसमा पनि सतर्क रहन निर्देशन दिनुभयो ।
 
प्रधानमन्त्रीले २ नम्वर प्रदेशको स्थानीय चुनाव र त्यसलगत्तै हुन लागेको प्रतिनिधसभा र प्रदेससभाको चुनावमा शान्ति सुरक्षाको अवस्था मजबुत पार्न पनि निर्देशन गर्नुभयो । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top