ओम अस्पतालको आयोजनमा निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न


ओम अस्पतालको आयोजनमा निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं - ओम अस्पताल तथा रिसर्च सेन्टर चावहिलको आयोजनमा शनिवार राजधानीमा निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धसँगको सहकार्यमा रामहिटीस्थित कैलाशबोधी सेकेण्डरी स्कूलको प्रांगणमा सञ्चालन भएको शिविरमा ४ सय भन्दा बढीले सेवा लिएका थिए ।  

बाल रोग, स्त्री रोग, हाड जोर्नी, सामान्य चिकित्सा, आँखा, दन्त रोग, न्यूरो सर्जरी र अन्य रोग सम्बन्धमा वरिष्ठ चिकित्सकहरुद्धारा निशुल्क स्वास्थ्य परीक्षण गरी परामर्श सेवा पनि दिइएको थियो ।

साथै आवश्यक औषधिहरु पनि निशुल्क वितरण गरिएको ओम अस्पतालले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत निशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको अस्पतालकी मार्केटिङ म्यानेजर इरु पौडेलले बताउनुभयो ।

आगामी दिनमा पनि उपत्यका र उपत्यका वाहिर यस्तै शिविरहरु आयोजना गरिने पौडेलले जानकारी दिनुभयो । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top