रबिना थापा समुहको न्यूयोर्कमा भव्य चुनावी तथा अन्तरक्रिया कार्याक्रम हुने


रबिना थापा समुहको न्यूयोर्कमा भव्य चुनावी तथा अन्तरक्रिया कार्याक्रम हुने

बिकास थापा, हेरिसबर्ग ,अमेरिका

एनआरएन अमेरिकाको आगामी चुनावको मिति जति नजिकँदै छ चुनावी माहोल , चहलपहल,लेखाजोखा ,प्रतिस्पर्धा र चुनावी प्रचार प्रसार अभियान पनि उतिनै आक्रामक बन्दै गएको छ । सन् २०१७-२०१९ सम्मको दुई बर्षे कार्यकालको लागी आगामी अगष्ट ११ र १२ तारिखको दिनमा हुन गइरहेको चुनावको दिन नजिकँदै गर्दा रबिना थापा समुहको चुनावि कार्याक्रम तथा चुनावी गतिविधि पनि निक्कै तिब्र ढंगले अगाडी बढिरहेको छ । गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचनको अध्यक्ष पदकी उमेदवार रबिना थापा लागाएत उहाँका समुहका बरिष्ठ उपाध्यक्ष पदका उमेदवार गजेन्द्र अर्याल ,उपाध्यक्ष पदका उमेदवार लोकप्रिय लोक गायक सुमन बुढामगर , त्यस्तै भुवन आचार्य ,महासचिव पदका उमेदवार महेश मल्ल ,सचिव पदका उमेदवार टेक लामा वाईवा ,कोषाध्यक्ष पदका उमेदवार डा. प्रकास अर्याल । सदस्यका उमेदवारहरू मनमोहन वाईवा,प्रकाश शर्मा,भबिन्द्र शेरपुज मगर,खेम भट्टको उपस्थिको साथमा निम्न स्थानमा (Om Shakti Temple 40-2572nd St,Flushing, NY 11377 ) यो कार्याक्रम तय भएको छ । बृहत जनसभागिका हुने अपेक्षा गरिएको कार्याक्रम दिउँसो दुई बजे शुरू भई बेलुका आठ बजे समापन हुने छ । 

रबिना थापा समुहको यस अघि अमेरिकाको घना नेपाली बस्तिहरू रहेका मुख्या राज्यहरू म्यासाच्युट ,कनेक्टिक,न्यू हेम्सफियर,कोलोराडो ,टेक्सास लगायत राज्यहरूमा भव्य चुनावी कार्यक्रम सम्पन्न भइसकेको छ भने क्यालिफोर्निय ,लस एेन्जलस ,कनेक्टिक र टेक्सासमा ब्यापक जनसहभागिकताको साथमा सबै उमेदवारहरूको भन्दा निक्कै भव्य चुनावि कार्यक्रमहरू समपन्न भएका थिए । ती कार्याक्रममा सहभागी नेपाली समुदायको उपस्थिति र उत्साह हेर्दा लगभग रबिना थापा समुहले सुनिश्चित चुनाव जित्ने अनुमान अमेरिकाभरि गर्न थालिएको छ । नेपालीहरूको घना बस्ति रहेको न्यूयोर्क बाट उपाध्यक्षका उमेदवार सुमन बुढा मगर ,मनमोहन वाईवा ,महासचिवका उमेदवार महेश मल्ल लगायतका उमेदवार हुनुहुन्छ । यस कार्याक्रमको लागी यही समाचारलाई आधार बनाएर सुमन हुँमागाई,खेमलाल भट्ट,मनमोहन वाईवा,भबिन्द्र शेरपुज र बिष्णु रानामगरलाई सम्पर्क गर्न सक्नु हुनेछ । 

एनआरएन अमेरिकाको आसन्न चुनावको सबैभन्दा शसक्त र सन्तुलित समुह बनाउन सफल रबिना थापा आफ्नो समुहको सुनिश्चित जितको लागी नेपाली समुदायहरूको मुख्या बस्ति भएका राज्यहरूको भ्रमणमा गरिसक्नु भएको छ । यी उत्साह पूर्ण भ्रमण पश्चात रबिना थापाको पक्षमा राम्रो जनलहर बन्दै गएको कुरा कार्यक्रममा उपस्थित उल्लेख्य सहभागिहरूको भीडले पनि प्रमाणित गरिरहेको छ । बिभिन्न राज्याहरूको भ्रमण पश्चात चुनावी प्रतिस्पर्धामा रबिना थापा समुह झन् शक्तिशाली र सुनिश्चित जितको नजिक पुगेको अनुमान संसार भरीबाट गर्न थालेका छन् । सामाजिक सेवामा सदैव सक्रिया भएकोले गर्दा पनि पछिल्ला दिनहरूमा रबिना थापाको पक्षमा झन् बलियो जनमत बन्दै गएको हो । उहाँको समुहमा सामाजसेवा क्षेत्रका मुख्या हस्तिहरू बिभिन्न पदमा उमेदवार रहेको कारणले गर्दा पनि यो समुह अरू समुह भन्दा समावेसी ,सक्षम र सफल समुह मानिन्छ । अर्कों अमेरिकामा सामाजिक अभियन्ता रबिना थापा सबैभन्दा निर्विवादित तथा सक्षम उमेदवार पनि हुन । समाजले अव नयाँ पन,नयाँ नेतृत्व र परिवर्तन खोजिरहेको परिप्रेक्ष्यमा बिश्वको सबैभन्दा शक्तिशालि देश अमेरिकाको एनआरएनको नेतृत्व अव महिलाले गर्ने हुनाले पनि संसार भर यो चुनावलाई निक्कै महत्व साथ पनि हेरिदै आएको छ । रबिना थापाको समुह यो चुनावमा पूर्ण बिजय हाँसिल गरेर एनआरएनको इतिहासमा एक नयाँ इतिहास रच्ने तयारिमा हुनुहुन्छ । यसै सिलसिलामा उहाँ आफ्नो समुह सहित बिभिन्न राज्याको भ्रमणमा सकाएर न्यूयोर्क प्रस्थान गरिसक्नु भएको छ । न्यूयोर्क को कार्याक्रम निक्कै भव्य र ५०० बढी जनाको सहभागिता हुने अनुमान गरिएको छ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top