"उल्झन " को भव्य विमोचना साउन २८ गते शनिवार भृकुटीमण्डपमा


बिकास थापा
हेरिस्बर्ग ,अमेरिका

यस दशकका बिम्ब बादशाह तथा सबै माझ चिरपरिचित तथा लोकप्रिय कवि हेमप्रभास आफ्नो पहिलो आख्यान कृति "उल्झन "लिएर पाठक सामु आउनु भएको छ । कविता बिधाका अब्बल कवि हेमप्रभासको "उल्झन" भने पहिलो उपन्यास कृति हो ।

उल्झनको विमोचना तथा अन्तरक्रिया कार्यक्रम  मिति २०७४ साल श्रावण २८ गते शनिवारको दिनमा अपराह्न ४ बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौमा हुने कार्याक्रम तय भएको छ । आफ्नो छुट्टै र अलग पहिचान बनाउन सफल कवि हेमप्रभासका "पहाड बोकेर पहाडतिर " ,"सहर पसेको मान्छे "र "गीतैगीतको गाउँ " कविता संग्रह तथा बिभिन्न पत्रपत्रिका मा फुटकर रचना तथा लेखकहरू प्रकाशित छन् ।

विमोचन कार्याक्रममा प्रसिद्ध नायक राजेश हमाल । युवराज घिमिरे । कवि ,साहित्यकार तथा कुशल कार्यक्रम सन्चालक डा. नवराज लम्साल । साहित्यकार ,समालोचक तथा कवि महेश पौड्याल मुख्या बक्ताहरू रहनु भएको छ ।

हेमप्रभास झुट शब्दहरूको थुप्रो कवितामा कहिल्यै लगाउँदैनन् । हुनसक्छ उनले आफ्नै गाउँ र प्राकृति हेरेर बाल्याकालमा नै सिर्जनाको मोति टिप्न सिकेका हुन् । त्यसैले त उनका कविता सुन्दै गर्दा कहिले रगत तातेर पाउ देखी शिर सम्म पुग्छ त कहिले शरिरमा काँडा उम्रन्छ । अन्याय र शोषणको बिरूद्द  जिहाद युद्धनै छेड्ने उनका कविता ,कवितामा उनले कसरी सिड्गो गाउँलाई नै टप्पक टिपेर बिम्वात्मक शैलिमा पस्किन्छन् र गाउँको भाव खुलस्त पोख्न पोख्त छन् । अहिले उहाँले नीलगिरि गाउँको कथा लेखेर एक उत्कृष्ट उपन्यास उल्झन तयार गरेका छन् ।

"उल्झन" नेपाली साहित्यमा दशकौँ पछि लेखिएको उत्कृष्ट उपन्यास मध्ये एक हो । यस भित्र नीलगिरि गाउँको सत्य कथा छ । यो पढ्दा नीलगिरि तपाई हाम्रो त्यो साझा गाउँमा जन्मने जति सबैलाई आफ्नै कथा झै लाग्छ । म जहाँ जन्मिए नुनिया ,रेखा पनि त्यही त जन्मिए  ।

सन्तोष,बसन्त,हरेराम,बिजय,भवानी ,तिलक,हेमप्रभास सबै रसबै हामी त्यही नीलगिरि मा नै त जन्मेका हौँ । नीलगिरिले के भोगेन ? अभाव भोग्यो, अशिक्षा भोग्यो ,बिभेद भोग्यो, दुस्ख भोग्यो ,बाढी पैर्यो भोग्यो साथमा जनयुद्दको राप र ताप साथै डरलाग्दो भूकम्पको कम्पन पनि भोग्यो । जनयुद्दबाट बचेका बुढाबुढी बस्थे त्यो गाउँ नीलगिरिमा तिनलाई पनि धर्ति माता आफै रिसाएर सबैलाई निलिदिईन । अहिले त मुर्दा शान्तिमा छ नीलगिरिमा ।

कविको कोमल मन यस "उल्झन " भित्र छताछुल्ल भएर शब्द मार्फत पोखिएका छन् । उहाँलाई यही उपन्यासले अव एक उपन्यासकारको रुपमा पनि स्थापित गरिसकेको छ। उहाँले यो उपन्यास आँशुको मसिले लेखे होलान् की रगत वा कलमले त्यो सहजै भन्न कसैले सक्दैन ।  उपन्यास नीलगिरि  गाउँ भित्रै रमाएको छ । उपन्यास भएपनि काल्पनिकताको संसारमा कहिकतै बुर्कुसि मार्न पाएको छैन ।

त्यसैलेत जीवन्त छ लेखाई ,सजीव छन् पात्र उस्तै जिवन्त छन् शब्द र परिवेश । आफ्नो गाउँलाई उपन्यासमा पढ्न पाउँदा सबै पाठकहरूलाई छुट्टै अनुभुति पक्कै पनि हुने छ । यो पढ्दा नीलिगिरि यो साझा गाउँमा जन्मने जति सबैलाई आ-आफ्नै कथा झै लाग्नेछ । के छैन र यो भित्र रु जनयुद्दमा हराएका दाईं भाईहरू , बलात्कृत दिदि बहिनहरू ,गरीवि, राजनीतिको दोहोरो चेपुवामा परेको देश र यूवाहरूको भविष्य ,साहुको ऋण तिर्न कतार,मलेसिया पुगेका दाजुभाईको पीडा ,भूकम्पले क्षतबिक्षत बनाएको हाम्रो छाति र अहिले सुँक्क सुँक्क  रोईरहेको मेरो देश सबै सबै छ यो उपन्यास " उल्झन" भित्र । यो तपाई ,मेरो ,हामी ,हाम्रो सबैको साझा पीडाको दस्तावेज नै त हो ,तिनै साझा घाऊका पाप्रा भित्रका पीडाहरू छन् यस भित्र ।

हामीले विगत देखि अहिले सम्म भोगेका सबै अनुभुति जिबन्त र आफैले भोगे झै लाग्छ । केही सम्झन बाँकी रहँदैन यो पढिसक्दा । सबैलाई  आफ्नै जीवनको गणित ,आफ्नै जिवनको दुस्खद कहाँनि आफ्नै विगत ,आफ्नै भोगाईहरू पढे झै लाग्छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top