नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा सम्मान


नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा सम्मान

बुटवल, १५ साउन ।

हालै नवनिर्वाचित जनप्रतिनिधीलाई आज एक समारोहका बिच धार्मिक संस्थाले सम्मान गरेको छ । बिश्व हिन्दु महासंघ रुपन्देही, श्री नवजागृती पुस्तकालय,  सिद्धबाबा दुर्गाभवानी शिवकुमारी बृद्धाश्रम र नवजागृती सामाजिक भवन ट्रष्ट, बुटवल–४ ले एक कार्यक्रमको आयोजना गरि बुटवल उपमहानगरका बिभिन्न वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

चारैवटा संस्थाले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा नम्बर ४ का अध्यक्ष टंकप्रसाद पराजुली, वडा नम्बर ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ, बुटवल कार्यपालीकाका मनोनित बोर्ड सदस्य रन्जित सेरचन, वडा सदस्यहरु खेमप्रसाद लुईटेल, चन्दा सेरचन गौतम, कमला बिक, सुरेन्द्र श्रेष्ठ, सरस्वती कुँवर, लगाएतलाई सम्मान गरिएको थियो । उनिहरुलाई पुर्वमेयर पुनाराम पोखरेल, संस्थाका कावा अध्यक्ष महेश्वर श्रेष्ठ, महासचिव बेनबहादुर पौडेल लगाएतले खादा ओढाई, टिका र मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै बुटवल नगरपालीकाका पुर्व मेयर पुनाराम पोखरेलले लामो समयको अन्तरालपछि जनताले जनप्रतिनिधि प्राप्त गरेका कारण जनतामा अपेक्षा पनि बढिनै रहेको बताएका थिए । जनताको भावना अनुरुप कार्य सम्पादन गर्न जनप्रतिनिधिलाई आग्रह गर्दै पुर्वमेयर पोखरेलले बुटवलको सर्वाङ्गिण बिकासमा जनताका प्रतिनिधिहरुले अग्रसरता देखाउनु पर्ने कुरामा जोड दिँदै कार्यक्रमका प्रमुख अतिथि पुर्वमेयर पोखरेलले योजना बनाउदा अनुभवी ब्यक्तित्वहरुको राय, सल्लाह र सुझाव लिएर अघि बढ्न पनि सुझाएका थिए ।

कार्यक्रममा वडा अध्यक्षहरु टंकप्रसाद पराजुली, भिमबहादुर श्रेष्ठ, बोर्ड सदस्य रन्जित शेरचन, चारवटै सस्ंथाका संयुक्त महासचिव बेनबहादुर पौडेल क्षेत्री, संरक्षक सदस्य अनुपमान सैंजु, महिला समिति अध्यक्ष अम्बीका पौडेल, लोकनाथ पाण्डे, प्रभालक्ष्मी ढकाल, घनश्याम खराल लगाएतले जनप्रतिनिधीहरुको भुमिका बारे चर्चा गरेका थिए ।

बिभिन्न चारवटा संस्थाका संयुक्त कार्यबाहक अध्यक्ष रहेका बरिष्ठ समाजसेवी महेश्वरप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वागत महिला समितिकी महासचिव सुजिता सेरचन, धन्यवाद बरिष्ठ उपाध्यक्ष हिरण्यमान थैव कार्यक्रम संचालन उर्मिला श्रेष्ठको रहेको थियो । सम्मान कार्यक्रममा कृष्णप्रसाद कोईरालाले बैद्धिक प्राथाना गरेका थिए ।

 

 

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top