रबिना थापा समुहको टेक्सासमा भव्य चुनावी तथा अन्तरक्रिया कार्याक्रम हुने


रबिना थापा समुहको टेक्सासमा भव्य चुनावी तथा अन्तरक्रिया कार्याक्रम हुने
बिकास थापा, हेरिसबर्ग, अमेरिका
संसारभर सबैभन्दा बढी सदस्यता संख्या रहेको एनआरएन अमेरिकाको आगामी चुनावको मिति जति नजिकँदै छ चुनावी चहलपहल,लेखाजोखा ,प्रतिस्पर्धा र चुनावी प्रचार प्रसार अभियान पनि उतिनै आक्रामक बन्दै गएको छ । सन् २०१७-२०१९ सम्मको दुई बर्षे कार्यकालको लागी आगामी अगष्ट ११ र १२ तारिखको दिनमा हुन गइरहेको चुनावको दिन नजिकँदै गर्दा रबिना थापा समुहको चुनावि कार्याक्रम तथा चुनावी गतिविधि पनि निक्कै तिब्र ढंगले अगाडी बढाईएको छ।  गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचनको अध्यक्ष पदकी उमेदवार रबिना थापा लागाएत उहाँका समुहका ,उपाध्यक्ष पदका उमेदवार तथा लोकप्रिय लोक गायक सुमन बुढामगर ,महासचिव पदका उमेदवार महेश मल्ल ,सचिव पदका उमेदवार टेकलामा वाईवा लगायतको टोली चुनाव प्रचार प्रचार तथा भेटघाट अभियानलाई तिब्र बनाउने सिलसिलामा टेक्सास प्रस्थान गरिसक्नु भएको छ । टेक्सासमा यही अगष्ट ३ तारिखको दिनमा बेलुका ६ बजेबाट ( Temptation Restaurant Irving TX ) मा भेटघाट तथा भव्य अन्तरक्रिया कार्यक्रम हुनेछ ।
 
यस अघि अमेरिकाको घना नेपाली बस्तिहरू रहेका मुख्या राज्यहरू म्यासाच्युट ,कनेक्टिक,न्यू हेम्सफियर,कोलोराडो लगायत राज्यहरूमा भव्य चुनावी कार्यक्रम सम्पन्न भइसकेको छ भने क्यालिफोर्निय ,लस एेन्जलस र कनेक्टिकमा सबै उमेदवारहरूको भन्दा निक्कै भव्य चुनावि कार्यक्रम भखरै समपन्न भएको छ । यी कार्याक्रममा सहभागी नेपाली समुदायको उपस्थिति हेर्दा लगभग रबिना थापा समुहले निश्चित चुनाव जित्ने अनुमान अमेरिकाभरि गर्न थालिएको छ । नेपालीहरूको अर्कों घना बस्ति रहेको टेक्सासमा रबिना थापाको समुहबाट उपाध्यक्षका उमेदवार भुवन आचार्य ,बोर्ड अफ डाईरेक्टरमा पुष्पलता भण्डारी,सबिन्द्र थापा,सुबर्ण पोखरेल र कृष्ण जि सी हुनुहुन्छ । यसर्थ पनि रबिना थापा समुहको टेक्सासमा निक्कै राम्रो पकड रहेको मानिन्छ । टेक्साको कार्यक्रम पश्चात रबिना थापा समुहको न्यूयोर्कमा यही अगष्ट ५/६ तारिख अर्कों भव्य चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने मिति तय भईसकेको छ । भोलि अगष्ट ३ तारिखको दिनमा टेक्सास हुने कार्याक्रमको लागी यही समाचारलाई आधार बनाएर भुवन आचार्य,सबिन्द्र थापा,पुष्पलता भण्डारी,सुवर्ण पोखरेल र कृष्ण जि सी लाई सम्पर्क गर्न सक्नु हुनेछ ।
 
एनआरएन अमेरिकाको आसन्न चुनावको सबैभन्दा शसक्त समुह बनाउन सफल रबिना थापा आफ्नो समुहको सुनिश्चित जितको लागी नेपाली समुदायहरूको मुख्या बस्ति भएका यी राज्यहरूको भ्रमणमा निस्कनु भएको हो । यस भ्रमण पश्चात रबिना थापाको पक्षमा टेक्सासमा पनि उतिकै राम्रो माहोल बन्ने अनुमान अमेरिका भरि गर्न थालिएको छ । बिभिन्न राज्याहरूको भ्रमण पश्चात चुनावी प्रतिस्पर्धामा रबिना थापा समुह झन् शक्तिशाली र सुनिश्चित जितको नजिक पुगेको अनुमान सबैले गर्न थालेका छन् । सामाजिक सेवामा सदैव सक्रिया भएकोले गर्दा पनि पछिल्ला दिनहरू मा रबिना थापाको पक्षमा झन् बलियो जनमत बन्दै गएको हो । उहाँको समुहमा सामाजसेवा क्षेत्रका मुख्या हस्तिहरू बिभिन्न पदमा उमेदवार रहेको कारणले गर्दा पनि यो समुह अरू समुह भन्दा समावेसी ,सक्षम र सफल समुह मानिन्छ । अर्कों अमेरिकामा सामाजिक अभियन्ता रबिना थापा सबैभन्दा निर्विवादित तथा सक्षम उमेदवार पनि हुन । समाजले अव नयाँ पन,नयाँ नेतृत्व र परिवर्तन खोजिरहेको परिप्रेक्ष्यमा बिश्वको सबैभन्दा शक्तिशालि देश अमेरिकाको एनआरएनको नेतृत्व अव महिलाले गर्ने हुनाले पनि संसार भर यो चुनावलाई निक्कै महत्व साथ पनि हेरिदै आएको छ । रबिना थापाको समुह यो चुनावमा पूर्ण बिजय हाँसिल गरेर एनआरएनको इतिहासमा एक नयाँ इतिहास रच्ने तयारिमा हुनुहुन्छ । यसै सिलसिलामा उहाँ आफ्नो समुह सहित बिभिन्न राज्याको भ्रमणमा निस्कनु भएको हो । 
 
 
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top