लगानी आकर्षित गर्न प्रशासनिक झन्झन हटाउछु : प्रधानमन्त्री


लगानी आकर्षित गर्न प्रशासनिक झन्झन हटाउछु : प्रधानमन्त्री

काठमाडौं, साउन १८ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई देखिएको प्रशासनिक झन्नझट तत्काल हटाउने बताउनु भएको छ ।

बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको लगानी बोर्डको २७ औ बैठकमा बोल्दै प्रधानमन्त्रीले लगानीमैत्री वातावरण बनाउन आवस्यक ऐन÷कानुन संशोधन गर्न पनि सरकार तयार रहेको धारणा राख्नु भएको हो । ‘अरु देशमा लगानीकर्तालाई रेड कार्पेटले स्वागत हुन्छ’ प्रधानमन्त्रीले भन्नु भयो, ‘हाम्रो देखिएको प्रशासनिक र कानुनी झन्झन अव हटाएर लगानीमैत्री वातावरण बनाउछु ।’

प्रधानमन्त्रीले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गरेर रोजगारी सृजना गर्दै आर्थिक सृमद्धितर्फ अघि बढ्ने आफ्नो सरकारको लक्ष्य भएको बताउदै लगानीकर्तालाई ढुक्कसँग काम अघि बढाउन पनि आग्रह गर्नुभयो । ‘अव लगानीकर्तालाई निरुत्साहित हुने कुनै पनि काम मेरो नेतृत्वको सरकारबाट हुदैन’ प्रधानमन्त्रीले भन्नुभयो, ‘कहाँ के समस्या छ, त्यो समाधान गर्न सरकार तयार छ ।’

प्रधानमन्त्रीले लगानीमैत्री वातावरण नहुदा लगानीकर्ताहरु विदेशीने गरेको र त्यसका कारण लाखौ युवा बैदेशिक रोजगारीमा जानु परेको बताउदै रोजगारी स्वदेशमै सृजना गर्नेगरी सरकार लगानी आकर्षण गर्ने रणनीतिमा अघि बढेको पनि बताउनु भयो । 

उहाँले लगानीमैत्री वातावरण बनाएर केही बर्षमै लाखौको रोजगारी मुलुकमै सृजना गर्न सकिने धारणा पनि उक्त बैठकमा राख्नुभएको थियो । 

बैठकमा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पुर्वाधार तथा यातयात मन्त्री वीरबहादुर बलायर, संचार मन्त्री मोहनबहादुर बस्नेत, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, लगानी वोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारी, उद्योग बाणिञ्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति थियो । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top