मुग्लिन–नारायणगढ सडकमा ढिलासुस्ती भए कारवाही गर्छु : प्रधानमन्त्री


मुग्लिन–नारायणगढ सडकमा ढिलासुस्ती भए कारवाही गर्छु : प्रधानमन्त्री

चितवन, साउन १८ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको ‘लाईफ लाईन’ सडकको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको काम छिटो सम्पन्न गर्न सरोकारवाल निकायलाई निर्देशन दिनुभएको छ । 

बुधबार उक्त सडकको स्थलगन अनुगमन गर्दै प्रधानमन्त्रीले हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कारवाही गर्ने बताउनु भएको हो । ‘यो सडक मुलुकको लाईफ लाईन हो’ प्रधानमन्त्रीले आयोजना पुमुख र ठकेदारहरुलाई निर्देशन दिदै भन्नुभयो, ‘तपाईहरुले यो सडकका कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिदैन । कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो यो सडक निर्माण पुरा गर्नुहोस् ।’

प्रधानमन्त्री देउवाले सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफु तत्काल समाधान गर्न तयार रहेको पनि बताउनु भयो । ‘सडक चाडो निर्माण गर्न सरकारी कुनै निकायबाट कुनै खालको ढिलासुस्ती भएको छ भने सिधै मलाई भन्नुहोस्,’ प्रधानमन्त्रीले भन्नभुभयो, ‘म तुरुन्त त्यो समस्या समाधान गर्छु ।’

प्रधानमन्त्रीले निर्माणका क्रममा मुख्य दातृ निकाय विश्व बैकसँग कुनै समस्या भए पनि आफुले छलफल गरेर समाधान गर्ने पनि बताउँनुभयो । प्रधान मन्त्रीले मुग्लिन–नारायणगण सडक खण्डको आधाभन्दा बढि २० किलोमिटर अवलोकन पनि गर्नुभयो । चितवनको रामनगरबाट २० किलोमिटर गग्लिनतर्फ स्थलतगत अध्ययन गरेर सडक निर्माणको अवलोकन गर्नुभएको थियो । 

प्रधानमन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको जिम्मा पाएका ठकेदारहरुले तत्काल काम अघि बढाएर दशैसम्ममा सवारी साधनको सहज आवत जावत हुने बन्दोवस्ती गर्न पनि निर्देशन दिनुभयो । ‘चाडवाडको समय आउन लागेको छ दैश अघि जसरी पनि सवारी साधान आवतजावत सहज हुने गरी काम गर्नहोस्’ प्रधानमन्त्रीले भन्नुभयो । 

प्रधानमन्त्रीले छिटो काम सम्पन्न गर्ने ठकेदारलाई पुरस्किृत र ढिलासुस्ती गर्नेलाई सरकारले कारवाही समेत गर्ने पनि बताउनु भयो । ‘तपाई ठेकेदारहरुले मुुलुकका लागि यति धेरै महत्व राख्ने यो सडक निर्माणमा ढिला सुस्ती गर्दा यसको चौतर्फि असर हुन्छ । अव समय तालिका बनाएर मलाई बुझाउनुहोस्, सोही अनुसार काम अघि बढाउनुहोस्’ प्रधनमन्त्रीले भन्नुभयो, ‘काममा कुनै खालको हेलचक्राई भएको पाईएमा जसबाट भएको छ उसलाई म कारवाही गर्छु र राम्रो काम गरेर छिटो सम्पन्न गर्नुभयो भने म पुरस्किृत पनि गर्छु ।’

प्रधानमन्त्रीले सडक निर्माणका क्रममा कामदार लगायत सबैको सुरक्षामा ध्यानदिन पनि ठकेदारहरुलाई निर्देशन दिनुभयो । ‘सडक निर्माणमा कामदारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । त्यसैले कामदारको  सुरक्षाको लागि सुरक्षाको अन्तराष्ट्रिय मापदण्ड अपनाउनुहोस्’ प्रधानमन्त्रीले भन्नुभयो, ‘सडकमा हिड्ने बटुवा र यात्रहरुको सुरक्षालाई पनि ध्यान दिएर सडकमा देखिएका जोखिमहरु तत्काल व्यवस्थापन गर्नुहोस् ।’ 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top