समाज अघि बद्न नारीहरु जाग्नु पर्छ


समाज अघि बद्न नारीहरु जाग्नु पर्छ

कास्की - हरेक क्षेत्रमा नारीहरुको सहभागिता अनिवार्य हुनु पर्ने मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य कल्पना थापा मगरले बताउनु भएको छ ।

शनिबार तमु सेवा समाजको सभाहल नयाँ बजारमा कास्की जिल्ला सभा र पो.ले.म.न.पा. द्वारा आयोजित संयुक्त परिचयात्मक भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थापा मगरले मंगोल नारीहरु राजनैतिक तथा सामाजिक क्षेत्रमा सक्रिय सहभागिता जनाउनु पर्ने बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापा मगरले  नारीहरु शिक्षित चेतनशील नभइ समाज, राष्ट्र अघि बढ्न नसक्ने भन्दै जुझारु र समाजलाई नेतृत्व गर्दै अघि बढ्नु पर्ने जोड दिनु भयो । ‘यदि २१औं शताब्दीमा पनि नारीहरुले चुला चौकामै जीवन बिताउने हो भने भावी सन्तानको के दशा होला ?’ उहाँले प्रश्न गर्दै भन्नु भयो, ‘अब मंगोल नारीहरु जाग्नु पर्ने समय आएको छ ।’ थपमा उहाँले भन्नु भयो पुरुषले मात्र समाज, देश चल्दैन किनकी नारीहरुले पनि आधा धर्ति ढाकेको हुन्छन, त्यसकारण नारी पुरुष बराबर हो । यो सोचाइको बिकास गर्न जरुरी छ ।

अर्का अतिथि केन्द्रिय सदस्य केशु राशकोटी मगर र टेक बहादुर राना मगर लगायतले पनि मन्तव्य राख्नु भएको थियो । कास्की जिल्ला सभाअध्यक्ष प्रेम छिरी शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कास्की जिल्ला कोषाध्यक्ष संजीव राईले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सचिव रियाज गुरुङले गर्नु भएको थियो । यसैबीच अनुराधा गजमेरको अध्यक्षतामा १३ सदस्यीय मंगोल नारी सभा गठन भएको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top