रबिना थापा समुहको कनेक्टिक राज्यमा भव्य चुनावी कार्याक्रम सम्पन्न 


रबिना थापा समुहको कनेक्टिक राज्यमा भव्य चुनावी कार्याक्रम सम्पन्न 

बिकास थापा ,  हेरिसर्बग ,अमेरिका

गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचनको अध्यक्ष पदकी उमेदवार रबिना थापा लागाएत उहाँका समुहका उपाध्यक्ष पदका उमेदवार तथा लोकप्रिय लोक गायक सुमन बुढामगर ,महासचिव पदका उमेदवार महेश मल्ल ,बोर्ड अफ डाईरेक्टरका उमेदवार मन मोहन (मोहन) वाइवा साथै भविन्द्र शेपुजा लगायतको टोली चुनाव प्रचार प्रचार तथा भेटघाट अभियानलाई तिब्र बनाउनको लागी अमेरिकाका पूर्बी राज्याहरू म्यासाच्युट ( बोस्टन ) ,कनेक्टिक,न्यू ह्याम्सफिएर लागायत राज्यहरूको भ्रमणममा निस्किनु भएको छ । यसै सिलसिलामा हिजोको म्यासच्युट बोस्टनको भव्य कार्याक्रम समापन पछि आज जुलाई २३ मा अमेरिकाको कनेक्टिक राज्यमा भव्य चुनावी कार्याक्रम सम्पन्न भएको छ । अमेरिकामा कनेक्टिक राज्य पनि नेपाली समुदायको बाक्लो उपस्थिति र बसोबास भएको राज्या अन्तर्गत पर्दछ । 

कनेक्टिक राज्यमा आज भएको चुनावी कार्यक्रममा जनसमुदायको निक्कै बाक्लो उपस्थित भएको थियो । एनआरएन एनसिसि अमेरिका कनेक्टिक राज्याका सभापति राम ओझाले सन्चालन गर्नु भएको उक्त कार्याक्रममा रबिना थापाले प्रमुख अथितिको आसानबाट बोल्नु भएको थियो । उहाँले आफ्नो मनतव्यमा यस अघि एनआरएन भित्र भएका लापरबाही,अनियमितता जस्ता बिषयको आम जनसमुदायलाई अवगत गराउँदै आफ्ना भावि योजना,लक्ष्य र कार्यादिशाको बारेमा स्पष्ट बिचार पनि राख्नु भएको थियो । त्यस्तै उपाध्यक्ष पदका उमेदवार तथा लोकप्रिय लोक गायक सुमन बुढामगरले पनि आफ्नो बिचार राख्नु भएको थियो । साथै महासचिवका उमेदवार महेश मल्ल ,उपाध्यक्षका अर्का उमेदवार हरिसचन्द्र हमाल र न्यूयोर्क च्याप्टरका उपाध्यक्ष बिष्णु रानामगर लगायत कार्याक्रममा सहभागी बिशिष्ट ब्याक्तित्वहरूले आ-आफ्ना मनतव्य राख्नुभएको थियो । उहाँहरू सबैले रबिना थापा समुहलाई सक्दो सहयोग गर्ने बाच गर्नुका साथै बिजयको शुभकामना पनि दिनु भएको थियो । 

उलेख्या जनसहभागितको साथ शुरुवात भएको कार्याक्रममा नेपाली समाजका प्रमुख ब्याक्तित्वहरू अर्जुन देवकोटा,गणेश अर्याल ,कनेक्टिक च्याप्टरका आसन्न निर्वाचनका सभापतिका उमेदवार घनश्याम खड्का,नेपाली जनसम्पर्क समिति कनेक्टिक च्याप्टरको सभापति यादव दुलाल ,रामचन्द्र रेग्मि ,पिताम्बर अधिकारी,उत्तम लोहनी,घनश्याम खतिवाडा लगायत समाजका थुप्रै ब्याक्तिहले शुभकामना मन्तव्य प्रकट गर्नु भयको थियो । अध्यक्षको उमेदवार रबिना थापाले बोल्नु भएपछि अन्तरक्रिया कार्याक्रम पनि शुरुआत भएको थियो । उक्त अन्तरक्रिया कार्याक्रममा अधिकांश सहभागिहरूले उठाउनु भएका प्रत्येक प्रश्नको उत्तर अध्यक्षको उमेदवार रबिना थापाले दिनु भएको थियो । उक्त कार्याक्रम समाजका अगुवा तथा समाजसेवी गणेश अर्यालको रेष्टुरेन्टमा भएको थियो । कार्याक्रम निक्कै सभ्य तथा भव्यताका समपन्न भएको कुरा च्याप्टरका सभापति राम ओझाले जनपुकारलाई बताउनु भयो । यस पल्ट धेरै जना अध्यक्षको उमेदवार भएको आगामी चुनावमा अलमल्ल परेका कयौ नेपाली समुदायहरू रबिना थापाको कनेक्टिक भ्रमणले निक्कै उत्साही र सकारात्मक देखिन्थे । 

एनआरएन अमेरिकाको आसन्न चुनावको सबैभन्दा शसक्त समुह बनाउन सफल रबिना थापा आफ्नो समुहको सुनिश्चित जितको लागी यी राज्यहरूको भ्रमणमा निस्कनु भएको हो । यस भ्रमण पश्चात रबिना थापाको पक्षमा निक्कै राम्रो माहोल बन्दै गएको अनुमान अमेरिका भरि गर्न थालिएको छ । आफ्ना कुराहरू सधै प्रष्ट ढंगले राख्ने तथा पहिलो महिला अध्यक्षको उमेदवार भएको कारणले गर्दा पनि रबिना थापा पक्षमा बलियो जनमत बन्दै गएको हो । अन्य प्रतिस्पर्धिहरूको तुलनमा मत सर्बोक्षणमा उहाँ निक्कै अगाडी पनि हुनुहुन्छ । समाजले अव नयाँ पन,नयाँ नेतृत्व र परिवर्तन खोजि रहेको परिप्रेक्ष्यमा बिश्वको सबैभन्दा शक्तिशालि देश अमेरिकाको एनआरएनको नेतृत्व अव महिलाले गर्ने हुनाले पनि संसार भर यो चुनावलाई निक्कै महत्व साथ पनि हेरिदै आएको छ । यदि रबिना थापाले यो चुनावमा बिजय हाँसिल गर्नु भयो भने एनआरएनको इतिहासमा एक नजिर पनि स्थापित हुने छ ।

 

 

 

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top