NRN NCC Of USA को महा-सचिब पदमा पूर्ण बानियाको घोषणा सहित उमेद्द्वारी मनोयन दर्ता


NRN NCC Of USA को महा-सचिब पदमा पूर्ण बानियाको घोषणा सहित उमेद्द्वारी मनोयन दर्ता

एन.आर.एन  अमेरिकाको हुन गैरहेको आसन्न चुनाव २०१७-२०१९ का लागी महा-सचिवको पदमा आफ्नो उमेद्द्वारी मनोनयन गरेको जानकारी गराउदै क्यालिफोर्निया  निवासी पूर्ण बानियाले मह-सचिव पदको प्रत्यासी रहेको बताउनु भएको छ ।

बिगत दुइ बर्षदेखी क्यालिफोर्निया च्याप्टर प्रेसिडेन्ट को पदमा रही काम गर्दै आएका  पूर्ण बानिया लामो समयदेखि सामाजिक कार्यमा जुट्नु भएको देखिन्छ ।१८ बर्षे लामो अमेरिकी बसाइ संगै बिधार्थी जिबनदेखि राजनितीमा सक्रिय रुपले लाग्नु भएको र यहा अमेरिकामा पनि भिबिन्न स्थानीय संघसस्थामा आबद्द रही आफुले २ बर्षे (NRN Chapter  President ) को कार्यभार सफलता पुर्बक निर्बाह गरेको र सामाजीक हितमा अघि बढ्ने क्रममा आफुलाई  निरन्तरता दिंदै आफु  मार्फत गरिएका सस्थाका योगदानलाई अझै शसक्तिकरण ढंगले अघि बढाउन NRN मा आफ्नो महत्वपूर्ण भूमिका रहने दाबी गर्दै मह-सचिब जस्तो गरिमामय पदमा प्रत्यासी रहेको बताउनु भयो ।

नेपाल र नेपालीको भलाइ अनि  हितको लागी NRN लाइ एउटा बलियो खम्बाको रुपमा उभ्याउन कुनै पनि कसुर बाँकी नराखी आफु  दृढ बिश्वास लिएर अघि बढेको अबस्थामा सम्पूर्ण अमेरिकी बासीहरुको माया,साथ्, सहयोग र हातेमालोको आब्हान गर्दै यहाँहरुकै अमुल्य मतले बिजयी हुने कुरामा आफु बिस्वस्थ्य रहेको बताउनु भएको छ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top