आयो चर्चित मोडेल रन्जिता गुरुङ र रामजी खाँडको धमाकेदार तिज गित (भिडियोसहित)


आयो चर्चित मोडेल रन्जिता गुरुङ र रामजी खाँडको धमाकेदार तिज गित (भिडियोसहित)

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

एक पछि अर्को हिट गितहरु दिन सफल चर्चित सर्जक तथा गीतकार सहदेब कोइरालाको लय तथा शब्दमा "बटौली घुमाउनी" बोलको गित बजारमा आएको छ ।

हिन्दु नारीहरूको महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक रामजी खाड र गायिका शान्ति  रिजाल  पौडेलको  तिज गीत "बटौली घुमाउनी"बोलको गीत सार्वजनिक गरेका छन् ।

सहदेब कोइरालाको शब्द संगीत रहेको यस गीतमा चर्चित मोडेल रामजी खाड र रन्जिता गुरुङको निकै नै राम्रो अभिनय रहेको छ ।

बिक्रम चौहानको निर्देशन तथा छायांकन बाशु बरालको रहेको छ भने सम्पादन दिपक बिस्टले गरेका हुन्  । उक्त म्यूजिक भिडियो मिडिया डबलीको अफिसियल  YOUTUBE CHANNEL बाट केहि दिन आगाडी मात्र सार्बजनिक भएको हो ।

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top