एनआरएनए अार सि सि सलालाह ओमानको चौंथो महाधिवेशन भव्यता का समपन्न , अध्यक्ष मा टीका दहाल निर्वाचित ।


एनआरएनए अार सि सि सलालाह ओमानको चौंथो महाधिवेशन भव्यता का समपन्न , अध्यक्ष मा टीका दहाल निर्वाचित ।

शालिकराम अाचार्य /राजु  श्रीवास्तव अाषाढ ३१

गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद सलालाह ओमान को हिजाे जुलाई १४ तारिक शुक्रबार का दिन सिलभर डायमण्ड हाेटेल सलालाहमा चौंथो महाधिवेशन भव्यता का साथ समपन्न भएको छ । गैर- आवासिय नेपाली संघ ओमान को महाधिवेशन आंउदो अगस्ट ०४ मा हुने भएको हुंदा उक्त महाधिवेशन अगावै क्षेत्रीय समन्वय परिषद को महाधिवेशन सम्पन्न गराउने केन्द्रिय समिती को निर्देश बमोजिम सलालाह क्षेत्रीय समवन्य समिती ले यो महाधिवेशन समपन्न गरेकाे हाे । संघ का सचिव महेन्द्र सडाैला काे स्वागत मन्तव्य र दिपक तामाङ काे संचालनमा समपन्न भएको कार्यक्रम मा प्रमुख अतिथिमा एन अार एन अाेमान का केन्द्रीय अध्यक्ष दिपक श्रेष्ठ हुनु हुन्थयाे । एन अार एन अार सि सि सलालाहकाे गतिविधि प्रस्तुत गर्दै कार्यक्रमकाे सभापतित्व टीका दहाल ले गर्नु भएको थियाे भने संघ का काेषाध्यक्ष सुक बहादुर थामी ले सन् २०१५ देखि २०१७ सम्म काे अाय व्यय प्रस्तुत गर्नु भएको थियाे ।

यसै बिच संघ का संयाेजक टीका दहालले पुरानाे कार्यसमिति लाइ विगठन गरेपश्चात् दाहाल कै नेतृत्वमा सर्वसहमतले १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । गठित नयाँ समिति काे अध्यक्ष मा टीका दहाल,उपाध्यक्ष द्वय दिपक तामाङ्ग र दिपक सिन्जाली, प्रबक्ता महेन्द्र सडौला, सचिब कृष्ण बि के , उपसचिब मनोज घिमिरे, कोषाध्यक्ष सुक बाहादुर थामी,सह कोषाध्यक्ष गिता थापा , सदस्यहरू मा संकर रिजाल,पदम पान्डे,बिरेन्द्र मन्डल ,सागर अधिकारी ,कमल देवकोटा, कमला तामाङ्ग, लक्ष्मी रसाइली, कुमारी राई, सरिता बिक सल्लाहाकार चन्द्र कुमार सुनुवार लाई चयन गरिएको छ । नव गठित पदाधिकारीहरू लाई प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दिपक श्रेष्ठले पद तथा गाेपनियता काे सपथ ग्रहन गराउनु भएको थियाे । नयाँ कार्यसमिति को म्याद २ बर्ष को रहनेछ । महाधिवेशनलाई भब्यताका साथ सफल बनाउन केन्द्रिय समिति का अध्यक्ष श्रेष्ठ अाउनु भएको थियाे । कार्यक्रम लाई समबाेधन गर्दै श्रेष्ठ ले एन अार एन काे गतिविधि  हजारे अभियान र गैर अावासिय सामाजिक कल्ब दर्ता भएको समबन्धमा प्रकाश पार्नु भएको थियाे ।

साथै उक्त महाधिवेशन काे खुल्ला सत्रको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियाे । कार्यक्रमलाई ग्लोबल मनि एक्सचेन्ज ( बुम रेमिट)ले प्रायोजक गरेको थियाे । ग्लाेबल मनि
एक्सचेन्जका मैनेजर मुथैया र अाेमानका लागि बुम रेमिट का प्रतिनिधि अनुकुल प्रकाश ले गजल प्रस्तुत गर्दै क्रमशः एक्सचेन्ज र बुम रेमिट काे बारेमा प्रकाश पार्नु भएको थियाे । महाधिवेशन को बज्जिका पत्रकार संघ अाेमानले प्रत्यक्ष प्रसारण गरेकाे थियाे । यस अवसरमा एन अार एन अार सि सि काे अर्डिनेटर रबि लामिछाने, बुद्ध भिजन ओमन का ओमकार तामाङ्ग , एनआरएन ए कला साहित्य संयाेजक , नेपाल मगर सँघका सचिब र अन्तर्राष्ट्रिय नेपाली साहित्य समिति ओमानको महासचिव सुशील पुन बिरही , तामाङ समाज ओमन का अनिता तामाङ्ग , बज्जिका पत्रकार संघ अाेमान का अध्यक्ष राजु कुमार श्रीवास्तव साथै बूम रेमिट को प्रतिनिधि साथै ग्लोबल मनि एक्सचेञ्ज का प्रतिनिधि बाट बधाइ तथा शुभकामना र काम कर्तब्य बारे बोध गराइएको थियो ।

कार्यक्रम काे अवसरमा करिब १ सय भन्दा बढि अाेमानवासि नेपाली सहित सलालाहवासि नेपालीहरू काे उत्साहजनक सहभगिता रहेकाे एन अार एन ए क्षेत्रिय समन्वय परिषद सलालाह का नव निर्वाचित अध्यक्ष टीका दहाल लेजानकारी गराउनु भएको हाे ।

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top