युएईसित नेपाल शून्यका विरुद्ध पाँच गोलले पराजित ( भिडियो सहित )


एएफसी यू – २३ च्याम्पियनसिप क्वालिफायर्सअन्तर्गत समूह डी को पहिलो खेलमा  युएईसित नेपाल शून्यका विरुद्ध पाँच गोलले पराजित भएको छ ।

अल अइनस्थित ताहोनोनविन मोहम्मद स्टेडियममा भएको खेलमा मुख्य प्रशिक्षक राजुकाजी शाक्यले नेपाललाई ४–५–१ को शैलीमा खेलाएका थिए । तर पेनाल्टीबाट अग्रता लिएको युएईले खेलको अन्तिम समयसम्ममा एकोहोरो पाँच गोल नेपाली पोस्टमा गर्‍यो ।  

नेपालले दोस्रो खेल आगामी शनिबार उज्वेकिस्तान र बुधबार लेवनानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने अन्तिम चरणको प्रतियोगिताको लागि छनोट हुनेछ ।

नेपाल यसअघिको दुई स‌स्करणमा छनोटको समूह चरणबाटै बाहिरिएको थियो। ८ खेल खेल्दा नेपालले अहिलेसम्म १ खेल मात्र जितेको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top