बाल्टिमोर सर्बधर्म सभामा एकताको शंखघोस


बाल्टिमोर सर्बधर्म सभामा एकताको शंखघोस

बाल्टिमोर  - बाल्टिमोर स्थानीय सरकारको आव्हान र दर्जनों सामुदायिक, धार्मिक, एबम सास्कृतिक  संघ-संस्थाहरुको स-आयोजनामा बुधवार  सम्पन्न सर्ब धर्म सभा एबम एकता झॉंकीमा हिन्दू परम्परा अनुसारको स्वस्ती वाचन एवम् शंखध्वनी ले एक विशाल जनसभालाई मन्त्रमुग्ध बनायो ।

गोल्डस्टार पिता खजीर खानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली  एबम हिन्दू समुदायको प्रतिनिधित्व गर्दै कर्मकाण्ड ज्योतिष पंडित मधुप्रसाद गौलीले हिन्दू धर्मको सार संक्षेपका साथ अनेकतामा एकताको संदेश दिनुभएको थियो।

आफ्नो सम्बोधनको अंतमा पंडित गौलीले विश्व-शान्तिका लागी स्वस्ति-वचन उच्चारण गरी शंखध्वनी बजाउंदा हज्जारौंको संख्यामा उपस्थित जन- समुदायले ताली ठोक्दै, घंट बजाउंदै र रुमाल हल्लाउंदै हर्षोल्लासपूर्वक समर्थन जनाएका थिए ।
 
बाल्टिमोरका उन्टि मानव सम्बन्ध परिषद, महिला परिषद, अमिगोस अफ बाल्टिमोरका उन्टि, इस्लामिक सोसाइटी अफ बाल्टिमोर, बाल्टिमोर यहूदी समाज, ब्रीज मेरील्ण्ड, र अन्य विविध धर्म-सम्प्रदायका गण्यमान्य व्यक्तित्वहरु उपस्थित उक्त एकता महोत्सवना बाल्टिमोरका उन्टिका प्रमुख केविन कामेनेजले जुलाई १२ तारीख़लाई एकता दिवसको रुपमा घोषणा गर्नुभएको थियो ।

स्मरण रहोस, अप्रैल ४ तारीखमाका उन्टि प्रमुखका मेनेजले आप्रवासीको संरक्षण, विविधता, र समानताको लागी कार्यकारी  आदेश जारी गर्नुभएको थियो । उहांले अमेरिकालाई विभाजित तुल्याउन खोज्ने तत्वहरुको भर्त्सना गर्दै आउनु भएको छ ।

वीरगति प्राप्त क्याप्टेन हुमायूँ खानका पिता खजीर खानले प्रमुख अतीथीको रुपमा कामेनेजको प्रसंशा गर्दै एकताको आव्हान गर्नुभयो ।

नेपाली समुदायको तर्फबाट ह्यारी भण्डारीले कार्यक्रमको संयोजन गरेका थिए । उनले यसवाट नेपाली जनसमुदायको पहिचानको लागि एउटा कोसे ढुगा वन्न सफल भएको प्रतिक्रिया दिए ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top