एनआरएन अमेरिका हाँक्न नारीहरू नै तयार छन् :- पुष्पालता भण्डारी


एनआरएन अमेरिका हाँक्न नारीहरू नै तयार छन् :- पुष्पालता भण्डारी

बिकास थापा 
हेरिसबर्ग , अमेरिका 

अमेरिकाको टेक्सास राज्यामा बिगत १७ बर्ष अघिदेखी सपरिवार बसोबास गर्दै आउनु भएकी नेपाली समुदयमा चिरपरिचित नाम हो पुष्पलता भण्डारी  ।

" सबैलाई हेरिसक्यौ एकपल्ट नारीहरूलाई पनि हेरौ " भन्ने मूलनाराको साथ उहाँले गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१७ /२०१९ )  सम्मको कार्यकालको लागी बोर्ड अफ डाइरेक्टर पदमा आफ्नो उमेदवारीको घोषणा गर्नुको साथै आफ्नो उमेदवारीको मनोनयन पनि दर्ता गर्नु भएको छ । उहाँ उर्जाशिल ,क्षमतावान र नेपाली समुदायमा एक छुट्टै ल अलग पहिचान बनाउनु हुने एक कर्मठ र कर्मशिल समाजसेवी ब्याक्तित्व हुनुहुन्छ । टेक्सासमा समाज सेवामा स्थापित ूनेपाली सोसाईटी अफ टेक्सासू को मेम्वर भएर अहिले समाज सेवामा निरन्तर सक्रिया हुनुहुन्छ । त्यस्तै उहाँले टेक्सासमा हिन्दु मन्दिर बनाउनको लागी पनि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । यसअघिका नेतृत्वकर्ताहरूले बदनाम बनाएको एनआरएन अमेरिकालाई अब महिला नेतृत्वले नै सहि बाटोमा ल्याउन सक्ने दावि उहाँले गर्नु हुन्छ ।

नेपालको हरेक क्षेत्रमा महिलाहरूको सहभागिता बढाउनको लागी जसरी नेपालमा महिला कोटा ब्याबस्था लागु गरिएको छ ,अव एनआरएन पनि त्यसरिनै महिलाहरूको समानतामुलक सहभागिता गराउन अपरिहार्य रहेको उहाँ ब्याक्त गर्नु हुन्छ । यसो गर्दा महिलाहरूमा पनि नेतृत्वको क्षमता अभिवृद्धि हुने यसो हुँदा महिला दिदिबहिनहरूले पनि उचित अवसर पाउनु हुनेछ । नारीहरू नै शिक्षित र नेतृत्व कर्ता बन्न सके भोलि यसले नेपाली समाज र समुदायलाई उलेख्य फाइदा पुग्ने दूरगामी बिचार राख्नुहुन्छ पुष्पलताल भण्डारी । हाम्रो पूर्बिया दर्शनमा नारीको शक्ति ,भक्ति ,महत्व र नेतृत्व हामी सबैले बुझेकै छौ । हाम्रो समाज नारीलाई उच्च सम्मान गर्ने समाज पनि हो । यति हुँदा हुँदै पनि अमेरिकका प्रत्येक राज्यबाट बाट एनआरएनको कुनै पनि पदमा आफ्नो दावेदारी दिने सक्ने ,नेतृत्व लिन सक्ने क्षमतावान चेलीहरू पुरूषहरूको तुलनमा अझै पनि नगण्य नै छन् । यो हाम्रो समुदायको लागी अझै ठूलो दुर्भाग्य हो ।

एनआरएन अमेरिकाको अध्यक्ष पदको दौडमा सहभागीहरू मध्ये रबिना थापा को समुहबाट बोर्ड अफ डाईरेक्टरमा चुनाव लड्दै हुनुहुन्छ उहाँ । नेपालमा बिधार्थी कालमा नै प्रजातन्त्रिक आन्दोलनमा पनि पहिल्यै बाट सहभागी भई जेल नेलको चिसो छिंडी पनि पचाई सक्नु भएको छ उहाँले । त्यस समयमा बिधार्थी आन्दोलनको पर्यावाचि बनिसक्नु भएकी पुष्पलताको नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अमुल्या योगदान गरिसक्नु भएको छ ।

अव आगामी दिनमा एनआरएन अमेरिका मार्फत समाज सेवामा सक्रिया रहने उदघोष गर्नु हुन्छ उहाँ । उहाँ जस्तो सक्षम,योग्य,उर्जासिल ,क्षमतावान र अनुभवी एक कर्मठ नारीलाई अवसर दिएर अगाडी ल्याउनु तपाई हामी सबैको मुख्या कर्तव्य पनि हो । उहाँले यस अघि नेपालमा पनि जिम्मेवार पूर्ण पदमा बसेर देश तथा समाज सेवा गर्नुभएको राम्रो र लामो अनुभव पनि छ उहाँ सँग । उहाँका अनुभव,सोच,कार्यायोजनाहरू एनआरएन अमेरिकालाई भविष्यमा संसारकै सबैभन्दा ब्याबस्थित ,ठूलो र योग्य तथा सेवामुखि ,जिम्मेवारीबोध बनाउँन अति नै उपयोगी सिद्द हुन्छन् । तसर्थ उहाँ जस्तो सफल,सक्षम र क्षमतावान ब्याक्तित्वलाई अवसर दिएर एनआरएन अमेरिकालाई आगामी दिनमा बिधि ,बिधान ,नीति नियममा हिड्ने ,भ्रष्टचार र अनियमितता मुक्त ,सबैको साझा र सहयोगी संस्था बनाउन सहयोग गर्नु पर्ने बेला हाम्रो अगाडी आएको छ ।

एक्काइसौ शताब्दिमा पनि नारीहरूलाई पनि उचित ठाउँ उचित जिम्मेवारी दिएर नेतृत्वको बिकास गराउने अवसर प्रदान गर्न हाम्रो नेपाली समुदाय अझै पनि चुक्दै आएको छ । यसको बाबजुत पनि अमेरिकामा हामीले एउटा अवसर नै मान्नु पर्छ केही कर्मठ ,त्यागी ,शाहसी ,ऊर्जावान तपाई हाम्रै छोरी ,चेली ,दिदिबहिनीहरू आगामी कार्यकालको लागी  अमेरिकामा महिलाहरूले पनि नेतृत्व गर्न सक्छन् भन्ने नजीर स्थापित गर्न ठूलो उदेश्यका साथ तपाई  हाम्रो घर,आँगन र दैलोमा चुनावी प्रतिस्पर्धामा बाट नै निर्वाचित भई समाज सेवा गर्ने अठोटका साथ भोट माग्न आउनु भएको छ ।

अमेरिकामा बसोबास गर्ने नेपाली सम्पूर्ण दाजुभाई,दिदिबहिनीहरू साथै बा-आमाहरूले आफ्नो अमूल्य मत दिई तपाई हाम्रै चेलीलाई यो सर्वशक्तिशालि देशको एनआरएन अमेरिकामा काम गर्ने अवसर दिनु सम्पूर्ण अमेरिका बासी नेपालिको कर्तव्य र दायित्व पनि हो ।  हाम्रो बिवेक,हाम्रो सभ्यता ,हाम्रो दर्शन र नारी प्रतिको हाम्रो समाजको उच्च सम्मान  प्रदर्शन गर्ने यो एउटा सुनौलो अवसर पनि हो । यो अवसरमा सदुपयोग गर्न र आफ्नो छोरी चेलीको सम्मान गर्न अमेरिकी नेपाली समाज यस पल्ट पनि अबश्य चुक्ने छैन । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top