(फोना) शिक्षा विभागको संयोजनमा नेपाली संस्कृति तथा भाषा सिकाइ कक्षाको शुभारम्भ


२०१७ जुलाइ ९ गुरुपूर्णिमाको दिनबाट लेक्जिन्टनवासी नेपालीभाषी समुदायको साझा संस्था फोरम अफ नेप्लिज इन अमेरिका (फोना) शिक्षा विभागको संयोजनमा नेपाली संस्कृति तथा भाषा सिकाइ कक्षाको शुभारम्भ भएको छ ।

भावी पुस्तामा आफ्नो पुण्य मातृभूमिको संस्कृति र भाषालार्इ जीवन्त राख्ने पवित्र उद्देश्यले सञ्चालन गरिएको उक्त कक्षाको पहिलो दिन ३२ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । लेक्जिन्टन पब्लिक लाइब्रेरीको इष्टसाइड ब्रान्चमा सञ्चालित कक्षालार्इ फोनाका उपाध्यक्षद्वय बाबुराम अधिकारी र नवीन तिवारीले उद्घाटन गर्नुभयो ।

शिक्षिकाद्वय प्रमिला पौडेल र सलिना रार्इद्वारा प्रभावकारी अध्यापन गरिएको कक्षामा फोना सचिव प्रकाश पाण्डेय तथा प्रोग्राम डाइरेक्टर विष्णु झापालीले सकृय साथ दिनुभएको थियो । कक्षालार्इ रचनात्मक खेल र प्रविधिका माध्यमबाट मनोरञ्जनात्मक पार्नमा सिनियर विद्यार्थीहरू विशेष पौडेल र निशान बुढाथोकीले महत्वपूर्ण योगदान पुर्याएका थिए । 

नेपाली भाषा संस्कृति संम्रक्षण सम्बन्धि यस्तो महत्वपूर्ण कार्यलार्इ मूर्त रूप दिन विशिष्ट प्रोत्साहन गर्नुहुने आदरणीय फोना अध्यक्ष रामप्रसाद खनाल तथा अन्य पदाधिकारीज्यूहरू, सम्मानित संस्थापकज्यूहरू एवम् सम्पूर्ण श्रद्धेय शुभेच्छुक र सम्बन्धित अभिभावकज्यूहरूमा हार्दिक आभार प्रकट गर्दछु । आगामी कक्षा जुलार्इ १६ आइतबार १ देखि ३ बजेसम्म सोही स्थानमा अझ प्रभावकारी रूपमा सञ्चालन हुने कुरा सूचित गर्न चाहन्छु ।

आगामी कक्षादेखि सिनियर र जुनियर दुर्इ ग्रुपमा विभाजन गरी कक्षा सञ्चालन हुने समेत जनकारी गराउन चाहन्छु । यहाँहरूको साथ सद्भाव र सहयोग नै हाम्रो पुनित अभियानको प्रेरणास्रोत र सम्पत्ति हुनेछ । 
संयोजक : डमरु पौडेल

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top